दोस्रो टोल स्तरीय फुटबल प्रतियोगिताको उपाधिकालागि अन्नपूर्ण र किसान टोल बिच भिडन्त हुने भएको छ । इनरुवा ५ बलाहामा जारी प्रतियोगिताको भोलि हुने फाइनल खेलमा अन्नपूर्ण टोल र किसान टोल भिड्न लागेका हुन ।अमर शान्ति सृजना आधारभुत विद्यालयको प्राङ्गणमा हुने खेलमा दुवै टोली उपाधि हात पार्ने दाउका साथ मैदान उत्रने छन । फाइलन खेल पूर्व आयोजित पत्रकार सम्मेलनमा दुवै टिमका कप्तानले उपाधि भिडन्त रोचक र प्रतिष्पर्धात्मक हुने बताए । उनीहरुले फाइनल पूर्व आयोजित पत्रकार सम्मेलनमा त्यस्तो बताएका हुन ।

फाइनल खेल पूर्व आयोजित पत्रकार सम्मेलनमा एकेडेमीका अध्यक्ष जीवन कुमार श्रेष्ठले नगरमा खेलकुदका गतिविधि सुस्ताउँदा वडाको सहयोगमा टोल स्तरीय प्रतियोगिता आयोजना गरिएको बताए । उनले खेलकुदका गतिविधि बढाउन नगरपालिकाले विशेष चासो लिनु आवश्यक रहेको बताए ।

फाइनल खेल पूर्व झाँकी सहितको प्रस्तुतिको आयोजना गरिने आयोजकले जनाएको छ । आयोजकका अनुसार प्रतियोगिताको बिजेता र उपविजेतलाई नगर र शिल्ड सहित सम्मान गरिने छ ।प्रतियोगिता लाटिदेवी एकेडेमी बलाहाले वडा नम्बर ५ को सहयोगमा संचालनमा ल्याएको हो ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia