- अमर काफ्ले

इनरुवा। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकारले देशको हाल बेहाल पारेको आरोप लगाएका छन । ओलीले काँग्रेसको गठबन्धन सरकारलाई बिकास विरोधी भएको बताए । उनले मुलुकको बिकास र समृद्धिकालागि एमाले बाहेकको विकल्प नभएको बताए । मंसिर ४ को निर्वाचनमा एमालले बहुमत हात पार्ने दाबी गरेका ओलीले बाँकी अधुरा काम त्यस लगत्तै पुरा गर्ने कार्यमा पार्टी अघि बढ्ने बताए ।

यसैबिच ओलीले आसन्न चुनाव लक्षित गर्दै गठबन्धन सरकारको रवैया उपर निगरानी आवश्यक रहेको बताए । ओलीले चुनावमा गठबन्धन सरकारले धाँधली गर्न सक्ने आशंका जताए । सुनसरीको दुहवीमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधनका क्रममा ओलीले सो आशंका जताएका हुन । ओलीले सुनसरी क्षेत्र नम्बर ३ बाट यस अघि २ पटक हार बेहोरेकी नेपका एमालेकी नेतृ भगवती चौधरीलाई प्रहरी र प्रशासनको आडमा हराइएको दाबी गरे । त्यस्तो गतिविधि दोहोरिन नदिन पार्टीपंक्ति चनाखो हुन आवश्यक रहेको उनले बताए । ओलीले आवश्यक परे प्रतिकारको अवस्थामा उत्रन समेत तयार रहनु पर्ने बताए । कार्यक्रममा काँग्रेस लगायतका दल त्यागी आएका नेता कार्यकर्तालाई ओलीले पार्टी प्रवेश गराएका थिए ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia