trusted online casino malaysia
trusted online casino malaysia

जिल्ला अस्पताल सुनसरी, इनरुवाले एपेन्डिसाइटिसको उपचार थालेको छ ।अस्पतालले जटिल प्रकृतिको उपचार मानिने एपेन्डिसाइटिसको शल्यकृया थालेसँगै बिरामीकालागि धरान र बिराटनगर धाउनु पर्ने बाध्यताको समेत अन्त्य भएको छ ।

सर्जन डाक्टर लबेन्द्र नारायण साहको टिमले अस्पतालमा पहिलो पटक एपेन्डिसाइटिसको सफल शल्यकृया गरेको छ । डा.आशिष देव, एनेस्थेसियामा शम्भु दास सहित सिस्टरहरु प्रतिभा साह, रिता, साह र संगिता बजगाई सम्मिलित टिमले उक्त सफलता हात पारेको हो ।स्थानीय स्तरमै उपचार र शल्यकृया हुने भएपछि उक्त रोगका बिरामीले उपचारकालागि अन्यत्र धाउनु पर्ने बाध्यताको अन्त्य समेत भएको हो ।यसैगरी इनरुवा अस्पतालले पहिलो पटक फिस्टुलाको अप्रेसन समेत सफलतापूर्वक सम्पन्न गरेको छ । त्यसैगरी खुट्टाको अप्रेसन गरी स्टिल हाल्ने काम समेत गरेको जिल्ला अस्पताल सुनसरी, इनरुवाले सेवा विस्तारसँगै बिरामीकालागि सहज उपचारको बाटो समेत खोलेको छ ।मेसु डाक्टर देबराज घिमिरेका अनुसार जिल्ला अस्पतालमै बिरामीले उपचार पाउनु इनरुवा मात्रै नभएर आसपासका साथै सम्पूर्ण जिल्लावासीको हकमा खुशीको कुरो हो । वहाँले पायक स्थानमा उपलब्ध सर्जन सहितको सेवाले सर्वसाधारणको समय र पैसा दुबैको बचत हुने बताउनु भयो ।पछिल्लो समय स्वास्थ्योपचार क्षेत्रमा निकै फड्को मार्दै आएको जिल्ला अस्पतालले इको, इन्डोस्कोपी, मानसिक रोग लगायतका सेवा यस अघिबाटै संचालनमा ल्याएको छ । अस्पतालले अन्य सेवा समेत सुरुवातको क्रममा रहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia