मंसिर ४ को निर्वाचनलाई लक्षित गरी नेकपा एमालेले सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ मा जम्बो टोली परिचालन गरेको छ ।एमाले र जसपाको संयुक्त बैठकले चुनावी अभियान केन्द्रित २१ सय २१ जनाको टोली परिचालन गरेको हो ।

दुवै दलका अगुवा नेता उपस्थित क्षेत्रीय भेलाले चुनावी अभियानलाई लक्षित गरी संयुक्त टोली परिचालनको निर्णय लिएको क्षेत्रीय निर्वाचन संयोजक सरोज पोखरेलले बताए । पोखरेलका अनुसार परिचालित टोलीले प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवारका पक्षमा चुनावी अभियान संचालन गर्ने छ ।

परिचालित नेता तथा कार्यकर्ता सहितको टोलीले टोल, वस्ती र गाउँ केन्द्रित चुनावी अभियान अघि बढाउने पोखरेलले बताए । पोखरेलले परिचालित टोलीलाई आचारसंहिताको पूर्ण पालनाका साथ अभियान अघि बढाउन निर्देशन दिइएको बताए ।


सुनसरीको निर्वाचन क्षेत्र नम्बर ४ मा एमालेबाट प्रतिनिधि सभा सदस्य तर्फ जगदिश प्रसाद कुसियत चुनावी मैदानमा छन् । यता प्रदेश सभा क तर्फ पर्शुराम बस्नेत र ख मा अब्बास अन्सारी उम्मेदवार रहेका छन ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia