बैदेशिक रोजगारीको नाममा सर्वसाधारणलाई ठगेर रकम कुमल्याई फरार रहेका इनरुवाका राजिब जंग थापा ६ वर्ष पछि पक्राउ परेका छन ।पक्राउ परेका राजिब उपर १२ जना सर्वसाधारणबाट जनही ७ लाख उठाएर ठगी गरेको आरोप छ ।

बैदेशिक रोजगारीका नाममा ८४ लाख कुमल्याएर फरार रहेका यूएस पलाउ जब सर्भिस प्रा.लिका संचालक थापालाई इनरुवाबाटै पक्राउ गरिएको सुनसरी प्रहरीले जनाएको छ ।इनरुवा ३ घर भएका थापा विरुद्ध बैदेशिक रोजगार न्यायाधिकरण काठमाडौंले २०७६ असार ८ गते १ वर्ष ६ महिना कैद र १ लाख ५० हजार जरिवानाका साथै बिगो १ करोड २६ लाख तोकेको थियो ।

पक्राउ परेका थापालाई सुनसरी प्रहरीले जिल्ला अदालत सुनसरीमा बुझाएको छ । अदालतले प्रतिवादी रहेका थापालाई सजाय भुक्तानकालागि झुम्का कारागार पठाएको प्रहरी नायव उपरीक्षक राजकुमार राईले बताउनु भयो ।थापा समेत गरी सुनसरी प्रहरी २०७९।८० को चालु अवधिमा विभिन्न मुद्दाका १ सय ३२ जना फरार प्रतिवादीहरु पक्राउ गर्न सफल बनेको छ ।

 

 

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia