trusted online casino malaysia
trusted online casino malaysia
- सुरेन्द्र मेहता

भोक्राहा। सुनसरीको भोक्राहा नरसिंह १ मा संयुक्त लोकतान्त्रिक गठबन्धनको बृहत चुनावी प्रचारप्रसारको कार्यालय उद्घाटन भएको छ । सो कार्यालय सुनसरी क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा उमेदवार तथा नेपाल सरकारका सूचना तथा संचारमन्त्री ज्ञानेन्द्र बाहदुर कार्कीले उद्घाटन गर्नु भएको हो। कार्यक्रमका प्रमुख अतिथि मन्त्री कार्कीले आज शनिबार वडा नम्बर १ मा कार्यालयको उद्घाटन गर्नु भएको हो। आउदो मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा लोकतान्त्रिक गठबन्धनका उमेदवारहरुले विजय हासिल गर्नकालागि प्रचारप्रसार कार्यालयको मन्त्री कार्कीले कार्यालय उद्घाटन गर्नुभएको हो।

कार्यक्रममा संयुक्त लोकतान्त्रिक गठनबन्धन तथा नेपाली काङ्ग्रेसबाट उमेदवार बन्नु भएका सुनसरी क्षेत्र नम्बर ४(ख)का प्रदेश सभा उमेदवार इसराइल मन्सुरी, भोक्राहा नरसिंह गाउँपालिका अध्यक्ष अजमल अख्तर मिया, कोशी गाउँपालिका अध्यक्ष एयुब अन्सारी, नेपाली काङ्ग्रेस केन्द्र सदस्य डा. अबुल हुसेन, भोक्राहा नरसिंह गाउँपालिका सभापति युवराज दाहाल , सचिव अस्फाक आलम, वडा नम्बर १ का सभा बेचन मेहता, सचिव प्रविन मेहताका साथै नेकपा एसका नेता तथा कार्यकर्ताहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो। भने उक्त कार्यक्रमको उदघोष पारस दाहालले गर्नु भएको थियो।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia