- दिलिप कुमार साह

राजविराज। सप्तरी क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्यमा जसपाका नवल किशोर साह र नेकपा एमालेका प्रदेशसभा सदस्यका उम्मेदवार राजकुमार लेखी विजयी हुनुभएको छ ।प्रतिनिधिसभा सदस्यका उम्मेदवार साहले २३ हजार पाँच सय ६४ मत ल्याएर निर्वाचित हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी जनमत पार्टीका जयकान्त राउतले १९ हजार नौ सय ९२ मत ल्याउनुभएको छ । साह ३ हजार पाँच सय ७२ बढी मतले विजयी हुनुभएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

यसैगरीप्रदेशसभा सदस्यमा नेकपा एमालेका राज कुमार लेखीले १४ हजार २ सय ९१ मत ल्याई विजयी हुनुभएको हो ।उहाँका निकटतम प्रतिद्वन्दी जनमत पार्टीका शिवनन्दन मेहताले ९०९३ मत प्राप्त गर्नुभएको छ । यी दुईको मतान्तर ५ हजार १सय ९८ मत रहेको छ । त्यस्तै माओवादी केन्द्रका बेचन प्रसाद चौधरीले ७ हजार ५ सय ७२ मत प्राप्त गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia