trusted online casino malaysia
trusted online casino malaysia
- दिलिप कुमार साह

राजविराज। पुस महिनाको शुरुवातसँगै सप्तरी सहित मिथिलाञ्चलमा बाक्लो हुस्सु र कुहिरो लाग थालेको छ । तीन दिन यता लगातार बाक्लो हुस्सु र कुहिरो लाग्न थालेपछि चिसो बढेकाले वृद्ध र बालबालिकाहरुलाई सबैभन्दा बढी प्रभावित गर्ने गरेको छ । यसबाट बच्न र सतर्कता अपनाउन विकल्पको रुपमा सप्तरीसहित मिथिलाञ्लचमा घुरको प्रयोग गर्ने गरेको छ । देशको पुर्वी र मध्य तराईका धेरै स्थानहरु तथा पश्चिम तराईका केही स्थानहरुमा हुस्सु र कुहिरो लागेको मौसम पुर्वअनुमान महाशाखाले जनाएको छ । अगामी २४ घण्टा मध्याह्नसम्ममा हुस्सु र कुहिरो क्रमिक रुपमा सुधार हुँदै जाने बताइएको छ । चिसोबाट बच्न आवश्यक सुरक्षा र सतर्कता अपनाउन समेत विभागले अनुरोध गरेको छ ।

हुस्सु लाग्न थालेपछि यस क्षेत्रका सर्वसाधारणले अन्य दिनको तुलनमा चिसो बढेको महसुस गरेका हुन् । यसले तराई मधेसको जनजीवनमा प्रभाव पार्ने निश्चित छ । केहिदिन पहिले देखि बिहान बेलुका र रातको समयमा चिसो हुने गरेको भए पनि दिनभर पारिलो घाम लाग्ने गरेकोमा विगत तीन दिन देखि मधुरो धाम लागेर स्या७ चलेकाले चिसा बढको महसुस भएको सप्तरीको राजगढ गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष दुःखी लाल साहले बताएका छन् । उहाले भने–यसबाट बच्न मधेसका गाउँ शहरमा घुरको आगो ताप्ने गर्छन् । मौसम बदलिएको परिवेशमा तराईतिर घुरको प्रयोग पनि ह्वात्तै बढ्न थालेको बताए ।चिसो बढन थालेपछि न्यायो ओढने ओछयाउने नभएका अति विपन्न परिवारहरु पिरोलिएका छन् । तराईका जिल्लाहरुमा बर्सेनि पुस, माघ महिनाको जाडाले आय आर्जन न्यून भएका विपन्न र दलित परिवारहरु प्रभावित हुने गरेका छन् ।

चिसो बढदै जाँदा बालबालिका, बृद्धबृद्धा र शारीरिक अवस्था कमजोर रहेका व्यक्तिहरुको विशेष ख्याल गर्न डाक्टहरुले आग्रह गरेको छन् । गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालका प्रमुख डा. रन्जीत झाले जाडोयाममा चिसोजन्य संक्रमण बढने भएकाले शरीर ढाक्न न्यायो कपडा लगाउनुपर्ने र ताजा तथा तातो खानेकुरा बढी खानुपर्ने बताए । मधेश प्रदेशका सिरहा, सप्तरी, धुनषा, महोत्तरी, पर्सा, बारा, रौतहट, सर्लाही र प्रदेश नमबर १ का सुनसरी, मोरङ्ग झामा हुस्सु लाग्न थालेको महाशाखाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia