trusted online casino malaysia
trusted online casino malaysia
- दिलिप कुमार साह

राजविराज। राजविराज नगरपालिका वडा नम्वर– ७ मा रहेको कान्तिपुर बहुउदेशीय सहकारी संस्था लिमिटेड सप्तरीका अध्यक्ष सहित पदाधिकारीहरु उक्त संस्था बचत गर्नेहरुको करोडौ रकम लिएर फरार भएका छन् । कान्तिपुर बहुउदेशीय सहकारी संस्था लिमिटेडका अध्यक्ष बेचन यादवले बचत गर्नेहरुको करोडौँ रकम लिएर फरार भएको बचतकर्ताले बताएका छन् । सप्तरीको जमुनि निवासी बेचन यादव सहित संस्थाका पदाधिकारीहरु १ करोड भन्दा बढी रकम लिएर फरार भएको बचतकर्ताको आरोप छ ।

बचतकर्ताका अनुसार संस्थाका सञ्चालक समितिका सम्पूर्ण पदाधिकारीहरू सम्पर्कविहीन भएका छन् । स्थानीय बचतकर्ताका अनुसार संस्थाका अध्यक्ष यादव लगायत अन्य पदाधिकारीहरू १ वर्ष देखि सम्पर्कमा आएका छैनन् । स्थानीय एक बचतकर्ताले संस्थामा जम्मा गरेको रकम निकाल्न जाँदा कार्यालय बन्द रहेको बताए । उनीहरूको खोजी गर्दा कहीँ फेला नपरेको बताएका छन् । बचतकर्ताहरूले अध्यक्ष यादवको घर पुगदा घरमा छैन उनका परिवार जनले जानकारी दिएपछि फरार भएको पुष्टि भएको हो । फरार रहेका एक जनालाई शनिबार बचतकर्ताहरुले उनको घरबाट नै पक्राउ गरी जिल्ला प्रहरी कार्यालय सप्तरीको जिम्मा लगाएको छ । वचतकर्ताहरुले मंसिर २० गते जिल्ला प्रहरी कार्यालय सप्तरीमा उजुरी दर्ता गराए पनि प्रहरीले पक्राउ गर्न सकेको थिएन् । उनीहरुले पक्राउ गरी प्रहरीलाई जिम्मा लगाए पनि प्रशासनले कुनै चासो नलिएको भन्दै बचतकर्ताहरुले जिल्ला प्रहरी कार्यालय सप्तरी अगाडि विरोध गर्दै धर्ना समते बसेका थिए ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia