trusted online casino malaysia
trusted online casino malaysia


भेडेटार/भोलिबाट सुरु हुन लागेको भेडेटार फूड फेस्टिबलको तयारी पुरा भएको छ । अंग्रेजी नयाँ वर्षलाई लक्षित गरी आयोजना गर्न लागिएको दशौं फूड फेस्टिबल भोलिबाट तीन दिन सम्म चल्ने छ । कार्यक्रमको औपचारिक उद्घाटन भोलि बिहान १० बजे हुने कार्यक्रम रहेको छ ।फूड फेस्टिबलमा १ करोड बढीको आर्थिक कारोबार हुने होटल एशोसिएसन अफ भेडेटारकी कार्यवाहक अध्यक्ष शान्ति मादेन श्रेष्ठले बताइन् । फेस्टिबलले भेडेटारलाई आन्तरिक तथा वाह्रय पर्यटक माझ घुम्नै पर्ने गनतब्यका रुपमा चित्रित गर्न थप मद्यत पुर्याउने मादेनले बताइन ।मादेनले फूड फेस्टिबल भेडेटारको दीर्घकालिन विकास, पर्यटन, होटल व्यवसाय,होमस्टे,कृषि र संस्कृतिको जर्गेना, बिकास र प्रर्वद्धनका सवालमा कोशेढुङ्गा सावित हुने बताइन् ।
फूड फेस्टिबललाई साँगुरीगढी गाउँपालिकाले सहयोग गरेको छ । गाउँपालिका अध्यक्ष जितेन्द्र रुम्दालीका अनुसार दशौं भेडेटार फूड फेस्टिबल विशेष रहने छ । फेस्टिबलमा सांस्कृतिक कार्यक्रम सँगै स्थानीय तथा जातीय खानेकुराका परिकार प्रर्दशनी सँगै भेडेटार हेलि टुर, जिपलाइन तथा प्याराग्लाईडिङ सेवा उपलब्ध रहने अध्यक्ष रुम्दालीले बताए ।अध्यक्ष रुम्दालीका अनुसार फेस्टिबल अवधिभर अग्रानिक खानेकुरा र स्थानीय कृषि प्रर्दशनी समेतका विभिन्न स्टल राखिने छ । उनले फूड फेस्टिबललाई प्रकृतिको गहना पर्यटक भित्र्याउने हाम्रो चाहना भन्ने नाराका साथ आयोजना गर्न लागिएको बताए ।यता आयोजक होटल एशोसिएसन अफ भेडेटारले फेस्टिबल अवधिभर पर्यटककालागि खाना र बस्नमा विशेष छुट उपलब्ध गराइने जनाएको छ ।

 

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia