trusted online casino malaysia
trusted online casino malaysia
- अजित झा

पत्रकार महासंघ सुनसरीको शाखा कार्यालयमा सोमबार देखि शोक पुस्तिका राखिएको छ । आइतबार काठमाडौँ–पोखरा उडानमा रहेको नाइनएन एटिआर–७२ जहाज अवतरणको क्रममा पोखरामा भएको दुर्घटनामा ७२ जना सहित नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य त्रिभुवन पौडेलको निधन भएकोमा महासङ्घले आइतबार देखी १३ दिन सम्म शोक मनाउने गरेको निर्णय अनुसार शोक पुस्तिका राखिएको हो ।

महासङ्घका केन्द्रीय, प्रदेश, जिल्ला सबै कार्यालय बन्द गरी १३ दिन सम्म शोक सभा बाहेक अन्य कुनै पनि औपचारिक कार्यक्रम नगरी शोक मनाउने निर्णय अनुसार नै महासंघ सुनसरीले समेत कुनै पनि औपचारिक कार्यक्रम नगरी शोक मनाउने निर्णय अनुसार शोक पुस्तिका राखिएको महासंघका सुनसरी सचिव ध्रब ढकालले बताउनुभयो ।

तेह्र दिन सम्म महासङ्घको कार्यालयमा शोक पुस्तिका राखिने निर्णय अनुसार सुनसरी धरान–१३ अमर हाट स्थित पत्रकार महासङ्घको कार्यालयमा शोक पुस्तिका राखिएको महासंघका सुनसरी कोषाध्यक्ष अजितकुमार झाले बताउनुभयो । दुर्घटनामा निधन भएका महासंघ केन्द्रीय सदस्य ३७ वर्षीय पौडेल पोखराबाट प्रकाशित हुने ’हटलाइन’ दैनिकका प्रकाशक÷सम्पादक थिए ।

उहाँले अन्नपूर्ण एफ.एम र नेपाल टेलिभिजनमा रहेर पनि पत्रकारिता गरेका थिए । पत्रकार महासङ्घको २६ औं महाधिवेशनबाट पौडेल केन्द्रीय सदस्य निर्वाचित भएका थिए । उनी महासङ्घको गण्डकी प्रदेश समितिका पहिलो अध्यक्ष, कास्की शाखाका उपाध्यक्ष तथा त्यसअघि दुई पटक शाखा सचिव रहेर महासङ्घमा संलग्न थिए । महासंघ केन्द्रीय कार्यालयले शोक विज्ञप्ति जारी गर्दै दुर्घटनामा निधन भएका पौडेल सहित सबैको आत्माको चिरशान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली प्रकट गरेको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia