नेपाल भारत मैत्री संघ जिल्ला कार्य समिति सुनसरी शाखा इनरुवाले मित्रराष्ट्र भारतको ७४ औं गणतन्त्र दिवसको अवसरमा शुभकामना आदानप्रदान गरेको छ ।
इनरुवा नगरपालिका उपप्रमुख बिनिता देवी मेहताको प्रमुख आतिथ्यमा नेपाल भारत मैत्री संघ सुनसरी शाखाले शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रममा दुई देशीय सम्वन्धको बारेमा चर्चा गरिएको थियो । शुभकामना आदानप्रदान कार्यक्रममा उपप्रमुख मेहताले नेपाल र भारतको सम्वन्ध सुमधुर रहिआएको बताइन् ।
मेहताले दुई देश बिच धार्मिक र सांस्कृतिकका अलावा रोटी र बेटीको सम्वन्ध वषौं देखि प्रगाढ रहेको बताइन् । उनले आपसी समन्वय र सहकार्यको भावलाई उच्च राखी अघि बढ्न आवश्यक रहेकोमा जोड दिइन् ।
शाखा अध्यक्ष सन्तोष देवको अध्यक्षतामा आयोजित कार्यक्रममा वक्ताहरु निर्वतमान अध्यक्ष हेमराज पोखरेल, पूर्व अध्यक्ष उमेशलाल कर्ण, केन्द्रीय सदस्य इन्द्रानन्द साह लगायतका वक्ताहरुले भारतको ७४ औं गणतन्त्र दिवसको अवसरमा शुभकामना सहितको धारणा राखेका थिए ।
नेपाल भारत मैत्री संघ सुनसरी शाखाले नेपाल भारत दुई देशीय सम्वन्ध प्रगाढ र बिस्तार गर्दे उद्देश्यसाथ विभिन्न समयमा विविध कार्यक्रमको आयोजना गर्दै आएको छ ।
नेपाल भारत मैत्री संघको समन्वयमा दुई देशीय सांस्कृतिक तथा धार्मिक भ्रमण, भेला तथा गोष्ठी, रक्तदान, स्वास्थ्य शिविर लगायतका कार्यक्रम आयोजना गरिदै आइएको अध्यक्ष सन्तोष देवले बताए ।








