इनरुवा/नेपाल वित्तिय संस्था कर्मचारी संघ सुनसरीको ९औं जिल्ला अधिवेशन इनरुवामा समपन्न भएको छ ।
अविधेशनले रुद्र प्रसाद नेपाललाई नेपाल वित्तिय संस्था कर्मचारी संघ सुनसरीको अध्यक्षमा चयन गरेको छ ।


सो अधिवेशनले अध्यक्ष सहित ११ सदस्यीय समिति सर्वसम्मत चयन गरेको हो । चयन हुनेमा उपाध्यक्ष तर्फ रामकुमार मेहता, सचिव राधा प्रसाद घिमिरे र कोषाध्यक्षमा सुनिता रेग्मी लगायत छन ।
यसैगरी प्रदेश प्रतिनिधिमा मनोज निरौला, डम्बर बहादुर पौडेल, अवधेश कुमार मिश्र, शर्मानन्द घिमिरे र केन्द्रिय प्रतिनिधिमा जीवन पुरी र बिनोद कोइराला रहेका छन ।
मनोज निरौलाको अध्यक्षतामा आयोजित अधिवेशन ट्रेड युनियन प्रदेश १ का उपमहासचिव उमानाथ आयार्यको प्रमुख आतिथ्यमा समपन्न भएको थियो ।
कार्यक्रममा ट्रेड युनियनका जिल्ला अध्यक्ष माधव चौधरी विभिन्न प्रतिष्ठानका अध्यक्ष, प्रतिनिधि र पर्यवेक्षक लगायतको उपस्थिति रहेको थियो । अधिवेशनमा वक्ताहरुले नयाँ समितिले कर्मचारी हकहितमा काम गर्नेमा विश्वास व्यक्त गरेका थिए ।








