इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकालौ प्रजातन्त्र दिवसको अवसरमा निशुल्क स्वास्थ्य विमा कार्ड वितरण गरेको छ। पालिकाको वार्ड न २,३ र ४ का स्थानीय बासिन्दाहरुलाई निशुल्क स्वास्थय बिमा कार्ड वितरण गरेको हो।
स्थानीय निर्वाचनमा नेपाली काङ्ग्रेसको तर्फबाट भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष पदका उमेदवार बनेका अजमल अख्तर आजादले जनता सङ्ग गरेका प्रतिबद्धता अनुसार पहिलोपटक ५० जनाको निशुल्क स्वास्थय विमा गरेका थिए भने दोस्रो पटकमा आइतबार प्रजातन्त्र दिवसको अवसरमा भोक्राहा नरसिंह २,३ र ४ का २ सय घरपरिवारका व्याक्तिहरुको निशुल्क रूपमा स्वास्थय विमा गरिएको पालिकाका बिमा प्रतिनिधि अस्फाक अन्सारीले जानकारी दिएका हुन।
भोक्राहा नरसिंह गाउँपालिकाले ८ वटै वडागरि प्रत्येक बर्ष ४ सय घरपरिवारका व्याक्तिहरुको निशुल्क स्वास्थय विमा गरिने प्रतिबद्धता रहेको कार्यक्रमा भोक्राहा नरसिंह गाउँपालिका अध्यक्ष अजमल अख्तर आजादले बताउनु भएको थियो ।
अहिले सम्ममा जम्मा २ सय ५० घरपरिवारको स्वास्थय बिमा भइसकेको भोक्राहा नरसिंह गाउँपालिका स्वास्थय शाखाले जनाएको छ। कार्यक्रमा सुनसरी क्षेत्र न ४ ख का प्रदेश सभा सदस्य माननीय इस्राइल मन्सुरी, गाउँपालिका अध्यक्ष अजमल अख्तर आजाद, उपाध्यक्ष सुनिता उराँव, स्वास्थय शाखाका प्रमुख हिरा लाल साह, पालिमा प्रतिनिधि अस्फाक अन्सारी, लगायत विमाकर्ताहरुको उपस्थिति रहेको थियो ।