trusted online casino malaysia
trusted online casino malaysia
- सुरेन्द्र मेहता

भोक्राहा। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा सङ्गितमय प्रभु श्री राम कथा प्रवचन तथा अखण्ड महायज्ञ समारोह हुने भएको छ ।
पालिकाको वडा नम्बर १ स्थित रहेको प्रभु रामजानकी मन्दिर को प्राङ्गणमा हुने भएको हो।

नौदिवशिय कार्यक्रम अन्तर्गत चैत ८ गते कलश यात्रा यज्ञ मण्डपबाट प्रारम्भ गरि भव्य रूपमा बाजा-गाजा सहित सप्तकोसीको जल भरेर ल्याउनुका साथै प्रत्येक दिन विहान ७ बजे देखि अखण्ड हवन यज्ञ १७ गतेसम्म हुने भएको छ । भने विहान ८ बजे देखि ११ बजे सम्म दिपकिशोर गुरु ज्यु बाट रामायण पाठ तथा प्रवचनका साथै प्रत्येक दिन २ बजे देखि ८ बजे राती सम्म पुनः कथा प्रवचन ,अतिथी सम्मान साथै झाकी प्रदर्शन हुने भएको आयोज समितिले जानकारी दिइएको हो।

मुक्तामय बन्नकालागि सनातन साधना शास्त्रहरुले सम्पुर्ण देविदेवतालाइ इस्ट मानी पुजा गर्ने विधि निर्माण गरिएको छ । श्री राम, रघुनाथ ,राघव, रामचन्द्र लगायत अन्य नामले चिनिने भगवान मर्यादा पुरुषोत्तम श्री राम एवम सम्पुर्ण देविदेवताहरुको मुर्ती तथा प्रतिमा स्थापन गरि पुजा अर्चाना र अभिषेक गर्ने आदिकाल देखि आर्य परम्परा लाई निरंतरता स्वरुप मर्यादा पुरुषोत्तम प्रभु श्री रामको सम्झना यस क्षेत्रका स्थानीय सम्पुर्ण धर्मप्रेमी, श्रद्धालुभक्तजनहरुको पहल बाट वि.स. २०२६ सालमा प्रभु श्री रामजानकी मन्दिरको स्थापन भएको हो।

यस संस्थाको लक्ष्य र उदेश्य समाजमा धार्मिक, समाजिक,सांस्कृतिक, आर्थिक रुपले समाजलाई एक्यवद्ध गराइ अगाडि बढाउनु रहेकोे छ । त्रेता युगमा प्रभु श्री रामजि वनवासि जीवन विताइ रहदा सुनसरी जिल्लामा अवस्थित नेपालको सास्कृतिक सम्पदामा सुचिकृत एतिहासिक रामधुनी मन्दिरमा बास बसेको र यहि बाटो हुँदै यात्रा गर्नु भएको एतिहासिक मान्यताका साथ यस संस्थालाई जग्गा स्व. नेवि सुरदास महतो साथै अन्य सम्पुर्ण जनताहरुले जग्गा र अन्य द्रव्य दान गरि मन्दिर निर्माण गरि बाबा नारायण दास बाट पुजा सुभारम्भ गर्नु भएको थियो ।

बाबा सन्तोषी दास, फैलाहरी दास, विष्णु दास र हाल बुद्धि लाल दासले नियमित पुजा पाठ गरिरहनु भएको छ । सोही भुमिमा संस्थाको दायित्व र जिम्मेवारीमा रहि स्थल निर्माण कार्य भइरहेकोे र हालसम्म यसलाई पुर्ण गर्न नसकिएको हुँदा उक्त संरचनालाई सम्पन्न गर्नकालागि सङ्गितमय प्रभु श्री राम कथा प्रवचन तथा अखण्ड महायज्ञ साथै धार्मिक कार्यहरू संचालन गरि पर्यटकीयधामका रूपमा स्थापित गराउदै लैजाने लक्ष्य रहेकोे छ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia