- सुरेन्द्र मेहता

भोक्राहा। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा सङ्गितमय प्रभु श्री राम कथा प्रवचन तथा अखण्ड महायज्ञ समारोहको तयारी हुँदै छ। पालिका वडा नम्बर १ स्थित रहेको प्रभु रामजानकी मन्दिरको प्राङ्गणमा तयारी भइरहेकोे हो।

नौ दिवसिय कार्यक्रम अन्तर्गत चैत ८ गते कलश यात्रा यज्ञ मण्डपबाट प्रारम्भ गरि भव्य रूपमा बाजा-गाजा सहित सप्तकोसीको जल भरेर ल्याउनुका साथै अखण्ड हवन यज्ञ १७ गतेसम्म हुने कार्यक्रम तयारी तिब्र रूपमा भइरहेको आयोजक समितिका अध्यक्ष रामकुमार मेहताले जानकारी दिएका हुन।प्रत्येक दिन विहान ८ बजे देखि ११ बजे सम्म दिपकिशोर गुरु बाट रामायण पाठ तथा प्रवचनका साथै प्रत्येक दिन २ बजे देखि ८ बजे राती सम्म पुनः कथा प्रवचन, अतिथी सम्मान साथै झाकी प्रदर्शनी कार्यक्रमको सम्पुर्ण तयारी भइ रहेको अध्यक्ष मेहताले बताउनु भयो।

कार्यक्रमा आउने समपुर्ण भक्तजनहरुको लागि बस्नकालागि टेन्ट हाउस (पण्डाल), भोजन, शुद्ध पिउने पानी, दिसापिसाब गर्नका लागि आवश्यक सौचालय र रमाइलो मेला इत्यादिको व्यवस्थापनको तिब्र रूपमा तयारी भइरहेको आयोजक समितिका सचिव दीपेन्द्र मेहताले बताउनु भएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia