काठमाडौं। सरकारले कोशी प्रदेश नामकरणमा विवादमा चैत ५ गते भएको घटनाको अध्ययन गर्न छानबिन समिति बनाउने भएको छ ।बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा बसेको बैठकले घटनाको सम्बन्धमा गृह मन्त्रालयले तत्काल समिति गठन गरेर छानबिनको प्रक्रिया अगाडि बढाउने निर्णय गरेको जानकारी सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले दिइन् ।छलफलका क्रममा प्रधानमन्त्री प्रचण्डले घटनाबाट आफू गम्भीर भएको बताएका थिए । सरकारले घटनाका विषयमा छलफलका लागि सरोकारवालाई पनि बोलाएको छ ।
गत फागुन १७ गते १ नम्बर प्रदेशको नाम कोशी राखिएको थियो तर यो नामको विरोधमा चैत ५ गते विराटनगरमा विरोध भयो । यही विरोधका क्रममा प्रहरीले लाठीचार्ज गर्दा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च मातहत लिम्बुवान भोलेन्टियर्सका केन्द्रीय सहकमाण्डर पदमबहादुर लिम्बु घाइते भएका थिए ।उपचारकै क्रममा रहेका उनको शुक्रवार बिहान साढे २ बजे धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको हो । उनको निधनपछि समस्या थप बल्झन सक्ने भएपछि सरकारले छानबिन समिति गठन गरेर घटनाको विषयमा अध्ययन गर्ने भएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia