मोरङ । कटहरी गाउँपालिका–४ स्थित जुडी पुलमा गएराति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।विराटनगर–रंगेली सडकखण्डमा को २ प ३५३० नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा धनपालथान गाउँपालिका ७ का ३७ वर्षीय मुकेश यादवको मृत्यु भएको हाे । मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक सुनीलकुमार श्रेष्ठका अनुसार उपचारकै क्रममा विराटनगरस्थित कोशी अस्पतालमा उनको मृत्यु भएको हो । तीव्र गतिका कारण र्आतवार राती मोटरसाइकल दुर्घटनामा परेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
बराहक्षेत्र नगरपालिकामा व्यावसायिक लेखा तालिम सम्पन्न
इनरुवा। बराहक्षेत्र नगरपालिकाको सभा हलमा आज एक समारोहका बिच व्यावसायिक लेखा तालिम कार्यक्रमको औपचारिक समापन भएको छ। चैत्...
सरकारी विज्ञापन वितरण निर्णयविरुद्ध महासङ्घ सुनसरीको आपत्ति,
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले २०८२ चैत १८ गते जारी गरेको सरकारी विज्ञापन वितरणसम्बन्धी निर्णयप्रति आपत्ति...
नेपाल दशनामी समाज सुनसरीको सातौं अधिवेशन सम्पन्न
इनरुवा। नेपाल दशनामी समाज, सुनसरी जिल्ला कार्यसमितिको सातौं जिल्ला अधिवेशन सम्पन्न भएको छ। केन्द्रीय कार्यवाहक महासचिव अ...
सप्तकोशी नदीमा बाँसको झाकमुनि लुकाइएको २२५ केजी गाँजासहित दुई पक्राउ
बराहक्षेत्र नगरपालिका वडा नं.-०६ पटवारी स्थित सप्तकोशी नदीमा २०८३ वैशाख १ गते राति २१:०० बजे लागु औषध गाँजा ओसारपसार भइर...
हुण्डी कारोबारको शंकामा दुई जना नियन्त्रणमा, लाखौं नगद बरामद
इनरुवा। सुनसरीको कोशी गाउँपालिका वडा नं. ०८ भण्टावारी क्षेत्रमा चैत्र २७ गते बिहान ०८:३० बजे इलाका प्रहरी कार्यालय भण्टा...
माग भन्दा छ गुणा बढी आवेदन
इनरुवा — व्यावसायिक प्रशिक्षण केन्द्र इटहरीको आयोजनामा आर्थिक वर्ष २०८२/८३ का लागि इनरुवा नगरपालिकामा सञ्चालन हुने २२० घ...










