सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ८ मा आइतबार आगलागी भएको परिवारलाई पालिका र रेडक्रसले राहत सामग्री सहयोग गरेको छ।

अग्नि पिडित परिवारलाई गाउँपालिका र रेडक्रसले तत्कालकालागि खाद्यान्न लगायतका सामग्री सहयोग गरेको छ। सुनसरीको भोक्राहा नरसिंहमा आइतबार भएको आगलागीमा ४० लाख भन्दा बढीको धन माल जलेर नष्ट भएको पिडित परिवारका सदस्य खुर्सिद आलमले जानकारी दिएको हो। आलमले आफ्नो सहित फरान अन्सारी आलम, अन्सारी लागत छिमेकीहरुको घर जलेर नस्ट भएको बताएका छन्।

अग्नि पिडित परिवारलाई भोक्राहा नरसिंह गाउँपालिकाले चामल २ बोरा, भुजा ३ किलो, चना ५ किलो, नुन ५ किलो, खाने तेल ५ लिटर साथै अन्य खाध्य सामाग्रि प्रत्येक परिवारलाई वितरण गरिएको पालिकाले जानकारी दिएको छ। नेपाल रेडक्रस भोक्राहा नरसिंह उपशाखाले समेत अग्नि पिडित परिवारलाइ राहत सामाग्री वितरण गरेको छ। उपशाखाले ६ घरपरिवारलाई राहत सामग्री वितरण गरेको नेपाल रेडक्रस भोक्राहा नरसिंह उपशाखाले जानकारी दिएको हो।









