इनरुवा। सुनसरी सदरमुकाम इनरुवाको सुनसरी बहुमुखी क्याम्पस सञ्चालक समितिको नेतृत्वका लागि दुई प्यानल चुनावी मैदानमा उत्रेको छ । वि.स.२०३७ सालमा स्थापना भएको सामुदायिक क्याम्पसको व्यवस्थापन समितिको निस्कृयताले चार दशकको इतिहास बोकेको क्याम्पसको विकास नभएको भन्दै नयाँ नेतृत्वले काम गर्ने प्रतिवद्धता सहित दुई प्यानल चुनावी मैदानमा उत्रेको हो ।

संचालन समितिका लागि नेपाली काग्रेंस, नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादी पार्टीको समर्थनमा राजु ढकाल नेतृत्वको प्यानल र जनता समाजवादी पार्टी, नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीको समर्थनमा दिलिपचन्द साहको प्यानल चुनावी मैदानमा उत्रेको छ । विहीबार सुनसरी बहुमुखी क्याम्पस सञ्चालक समिति निर्वाचन कार्यतालिका अनुसार ढकालको नेतृत्वमा रहेको प्यानलमा सदस्य मिरा पोखरेल, जमुना गौतम पोखरेल, शुषमा ढकाल, तोया गिरी, हरिलाल मेहता, महिचन साह, चन्देश्वर खत्वे र सुनिल कुमार साहले उम्मेदबारी दर्ता गराउनुभएको छ । त्यसैगरी साहको नेतृत्वको प्यानलमा नुनुलाल उराँव, सविता यादव, दुर्गा खत्वे, कृष्णादेवी उराँव, धर्मविर आर्य, हरिप्रसाद पोखरेल, सहजादी प्रविण र रामशंकार साह हलुवाईले उम्मेदबारी दर्ता गराउनुभएको छ । दुवै प्यानल चुनावी मैदानमा उत्रेकाले चुनाव रोचक हुने भएको छ ।
सुनसरी बहुमुखी क्याम्पस सञ्चालक समितिको अध्यक्षमा ढकाल र साहको दुई प्यानलमा पूर्व संविधान सभा सदस्य देखी पूर्व उपप्रमुख, पूर्व कृषि कार्यालय प्रमुख सम्मलाई अटाइएको छ । क्याम्पस सञ्चालक समितिको अध्यक्षका उम्मेदबार ढकालको प्यानलमा इनरुवाका पूर्व उपप्रमुख जमुना गौतम रहनुभएको छ भने साहको पूर्व संविधान सभा सदस्य सविता यादव, पूर्व कृषि कार्यालय प्रमुख नुनुलाल उराँव रहनुभएको छ । सकारात्मक कुरा के छ भने अधिवक्ता रहनुभएका ढकालले क्याम्पसको भौतिक पूर्वाधार, शैक्षिक गुणस्तर सुधार र जनतासंग जोड्ने गरि काम गर्ने प्रतिवद्धता सहित मैदानमा हुनुहुनछ । त्यसैगरी साह राजनीतिमा सकृय साहले क्याम्पसको बेथिति अन्त्य गर्ने, हटाइएको मानविकी सञ्चालन र शैक्षिक वतावरण निर्माण गर्ने, भौतिक पूर्वाधारमा सुधार गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।








