इनरुवा। सुनसरी सदरमुकाम इनरुवाको सुनसरी बहुमुखी क्याम्पस सञ्चालक समितिको अध्यक्षमा राजु ढकाल निर्वाचित हुनुभएको छ। सनिबार मध्यान मतदान सकिएको र दिउसो मतगणा सम्पन्न हुदाँ कुल ६६ मत मध्ये ढकलाले ३८ मत सहित विजयी हुुनुभएको छ भने उहाँका निकट्तम प्रतिस्प्रधि दिलिपचन्द साहुले २५ मत प्राप्त गर्नुभएको छ । यहाँ ढकाल र साहको दुई प्यानल मध्ये ढकालको प्यानलका सदस्यहरु मिरा पोखरेलले ४५, जमुना गौतम पोखरेलले ४४, शुषमा ढकालले ३७, तोया गिरी पोदारले ४१, हरिलाल मेहताले ४४, महिचन साहले ४०, चन्देश्वर खत्वेले ४१ र सुनिल कुमार साहले ४२ मत सहित विजयी हुनुभएको छ।

त्यसैगरी साहको नेतृत्वको प्यनलमा रहनुभएका नुनुलाल उराँवले २५, सविता यादवले २०, दुर्गा खत्वेले १८, कृष्णादेवी उराँवले २०, धर्मविर आर्यले ३१, हरिप्रसाद पोखरेलले २५, सहजादी प्रविणले २० र रामशंकार साह हलुवाईले २२ मत प्राप्त गरि पराजित हुनुभएको छ। वि.स.२०३७ सालमा स्थापना भएको सामुदायिक क्याम्पसको व्यवस्थापन समितिको निकृयताले चार दशकको इतिहास बोकेको क्याम्पसको विकास नभएको भन्दै नयाँ नेतृत्वले काम गर्ने प्रतिवद्धता सहित चुनावी मैदानमा रहेकोले मतदाताहरुले नयाँ नेतृत्व चयन गरेको हो । संचालन समितिका लागि नेपाली काग्रेंस, नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादी पार्टीको समर्थन पाउनुभएका राजु ढकालको नेतृत्वको प्यानल विजयी भएकोमा सबैसंग मिलेर हातेमालो गरेर काम गर्ने जनाएको छ ।








