भोक्राहा। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा राम कथा प्रवचन तथा अखण्ड महायज्ञ समारोह भव्यताका साथ सम्पन्न भएको छ। पालिकाको वडा नम्बर १ स्थिति रहेको प्रभु श्री राम जानकी मन्दिरको प्राङ्गणमा सम्पन्न भएको हो।

भोक्राहा नरसिंह १ मा रहेकोे प्रभु श्री राम जानकी मन्दिरद्वारा नौदिवसिय कार्यक्रम अनतर्गत राम कथा प्रवचन तथा अखण्ड महायज्ञ कार्यक्रम शुक्रबार साझमा सम्पन्न भएको महायज्ञ मुल समारोह समितिले जानकारी दिएका छ। महायज्ञको एक दिन पहिला अर्थात चैत ८ गते बुधबारका दिन भव्य कलश यात्रा सम्पन्न गरिएको थियो। सो कलश यात्रामा ४ हजार भन्दा बढी श्रद्धालु भक्तजनहरु सहित रथ बजागजा सहितको उपस्थितिमा सम्पन्न गरिएको थियो। चैतको ९ गते देखि प्रत्येक दिन दिउँसो दिनको २ बजे देखि ८ बजे सम्म साहित्य प्रेमी तथा राम कथा प्रवचनका प्रमुख कोशी प्रदेश इलाम जिल्लाका दिप किसोर भट्टराईले गर्नु भएको थियोे भने राष्ट्रिय तथा अन्तरास्ट्रिय ज्योतिषी पण्डित सन्तोष भण्डारीलेले कथा प्रवचनको वाचन गर्नु भएको थियो। संचालित अखण्ड महायज्ञमा रामनविको दिन विशेष भएकोले बच्चा देखि वृद्ध ३५ जनाले तुला दान गरेका थिए भने केही व्याक्तिहरुले अन्न दान गरेको प्रभु श्री राम कथा प्रवचन तथा अखण्ड महायज्ञ मुल समारोह समितिले जानकारी दिएको हो।








