काठमाडौं । आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा नेपाली कांग्रेसले आफ्ना उम्मेदवारलाई जिताउन दुई महामन्त्रीलाई कमान्डरको रुपमा खटाएको छ । कांग्रेसले महामन्त्री गगन थापालाई तनहुँ– १ र अर्का महामन्त्री विश्वप्रकाश शर्मालाई चितवन–२ मा कमान्डरको रुपमा खटाएको हो ।समन्वयको जिम्मा पाउनुभएका उहाँहरुले सोमबार हुने मनोनयन दर्ता कार्यक्रममा पनि सहभागिता जनाउनु हुनेछ । मनोनयन दर्तापछि आयोजित सभालाई सम्बोधन गर्ने कांग्रेसको सचिवालयले जनाएको छ ।

कांग्रेसले उपनिर्वाचन हुने तनहुँ १ मा गोविन्द भट्टराई र चितवन २ मा जितनारायण श्रेष्ठलाई उम्मेदवार तय गरिसकेको छ । उपनिर्वाचन हुने अर्को क्षेत्र बारा(२ मा भने कांग्रेसले जनता समाजवादी पार्टीलाई समर्थन गर्ने भएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia