इटहरी/ नयाँ घर बनाउँदा इटहरी उप-महानगरपालिकाले आफैले नक्सा बनाइदिने भएको छ। भवन निर्माण आचारसंहिता अनुसारका घर बनाउन सघाउने गरी उप-महानगरपालिकाले आफैले नक्सा बनाइदिने तयारी गरेको हो।इटहरी उपमहनगरपालिका मेयर हेमकर्ण पौडेलले स्थानीयले भवनको नक्सा बनाउँदा चर्को शुल्क तिर्नुपरेको गुनासो आएकाले उप-महानगरपालिकाले सहजीकरण गर्न लागेको बताउनुभयो। “निवेदन दिएपछि नक्सा उप-महानगरपालिकाले नै बनाइदिन्छ” उहाँले भन्नुभयो, सेवाग्राहीले साउन १ गतेदेखि यो सेवा लिन पाउनेछन्।”
भूकम्पप्रतिरोधी घर निर्माणमा स्थानीयलाई जागरुक बनाउन उप-महानगरपालिकाले नै चाहे अनुसारको नक्सा बनाइदिन लागेको मेयर पौडेल बताउनुहुन्छ। “प्राइभेट इन्जिनियरिङ कन्सल्टेन्सीमार्फत घरको डिजाइन बनाउँदा धेरै महँगो पर्यो भन्ने गुनासो आएको छ”, उहाँले भन्नुभयो, “सहुलियत दरमा अब उप-महानगरपालिकाले नै नक्सा बनाउँछ।”कन्सल्टेन्सीले घरधनीबाट लिने जथाभावी शुल्क, समयमा उप-महानगरपालिकामा दर्ता नगर्ने जस्ता समस्याले आफैले नक्सा बनाउने काम शुरु गर्न लागेको हो। जनताले थोरै शुल्कमा नक्सा बनाउन भन्ने हाम्रो उदेश्य हो मेयर पौडेल भन्नुहुन्छ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia