कविता एक, सन्दर्भ अनेक
म त हार्न रुचाउने मान्छे, तिमिले जिताईदियों
म नचाहँदा नचाहँदै तिमि एक्कासि रिसाइ दियौं ।
तिमीलाई त देउता ठान्थे, तिमीलाई नै सबथोक मान्थे
के गल्ती गरे र हजुर कहिल्यै नभरिने गहिरो घाउ दियों
आशाको दियोमा निराशाको बादल मडारिन थालिसको
नाता अनि सम्बन्धको बन्धनमा फाटोको छाप बजारिन लागिसको
जिन्दगी जिउने बहानामा अनेक सम्बन्ध गाँस्नैपर्छ
एउटा सम्बन्ध बलियो बनाउँदा अर्को सम्बन्ध हार्नैपर्छ ।
नसुन्नुपर्ने कुरा सुन्दा तिम्रो सामिप्यताको आभास आउँछ
नदेख्नुपर्ने दृश्य देख्दा तिम्रो अमर विचारको हुँरीले सताउँछ !
तर म सबथोक देखेर, सुनेर, भोगेर पनि चुपचाप बस्न बाध्य
अन्याय, अत्याचार, दमन, शोषण सामू आफूलाई झुकाउन विवश छु!
म तिम्रो आवागमनको प्रदीप्त दियो बोकी बसेको छ
नयाँ आशा अनि सपना बुनी तिम्रो बाटो पर्खिरहेको छु
तिम्रो स्वागत सत्कार गर्न मेरो यो मन व्याकुल छ
जिन्दगीको नयाँ यात्रा आरम्भ गर्न तन आतुर छ !!
कविता रचनाकाे क्षेत्रमा पाइला अगाडी बडाउदै गरेका महेन्द्र मोरङ क्याम्पस विराटनगरमा BBA संकायमा अध्ययनरत विद्यार्थी दिपेन्द्र यादव बाट रचित याे मिठाे कविता ।