इनरुवा। सुनसरीको इनरुवामा मैथली गीत स्वर्ग के परी विमोचन गरिएको छ । जिल्ला सदरमुकाम इनरुवामा स्थानीय तथा राष्ट्रिय कलाकारहरुको अभिनयमा गीतसगैं सर्ट भिडियो फिल्म समेत सार्वजनिक गरिएको छ।

इनरुवामा अपन स्वर्ग कला संस्कृतिक नामक संस्थाको आयोजनामा स्वर्ग के परि मैथिली गित तथा सर्ट सर्ट भिडियो विमोचन गरिएको हो । कलाकार आर जे भिलेनको निर्देशन तथा झोटन मेहताको मियुजिक, गायन संजिव सर्माट, धिरेन साह, अभिनय पुरन गिरी सहितको पहलमा स्वर्ग के परि गित तथा सर्ट भिडियो सार्वजनिक गरिएको हो । स्वर्ग के परि गितसगैं सर्ट भिडियोमा सुनसरीको इनरुवा वसपार्क, तोरी बारी, कृषि खेत खरियान सहित पहाडी र चुरै क्षेत्रको मनोरम दृश्यहरुमा छ्यान्कन गरिएको छ । बिमोचन कार्यक्रम समाजसेवी गोपाल कोइराला, नेपाली काङ्ग्रेस जिल्ला सदस्य एसएन मेहता, इनरुवा ५ का वडा अध्यक्ष अनिलकुमार पोखरेल, अपन स्वर्ग कला संस्कृतिक अध्यक्ष झोटन मेहता, साहित्यकार तथा कलाकार राधा सुवेदी, पत्रकार जयकृष्ण यादव, सरेन्द्र मेहता, नायक पूर्ण गिरी, भिलेन आरजे, कलाकार प्रकाश अनुराग लगायतको उपस्थिति रहेकोे थियो।









