इटहरी ।  धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले कोशीको पानी धरान ल्याउने योजना (प्रोजेक्ट) मा बजेट नपरे धरानमा सांसदहरुलाई निषेध गर्ने चेतावनी दिएका छन् ।सामाजिक सञ्जालमार्फत मेयर राईले भनेका छन्, ‘यसपालिको बजेटमा कोशीको पानी ल्याउने प्रोजेक्ट परेन भने माननीय ज्यूहरूलाई धरानमा निषेध गरिने छ ! तल तीनकुनेमै बोर्ड राखिने छ फोटोसहितको ! ख्याल नठान्नु होला ! यो फेसबुक चलाउने मान्छे धरानको नगर प्रमुख हो भन्ने नभुल्नु !’

harka Ph4RreBovD
राईको यो अभिव्यक्तिमा काठमाडौँ महानगरका मेयर बालेन शाहले पनि समर्थन जनाएका छन् । राईको स्ट्याटसमा शाहले लेखेका छन्, ‘पूर्ण समर्थन, गर्ने नै यही हो ।’ मेयर राईको स्टाटसमा समर्थन जनाइरहेका बेला काठमाडौं महानगर र केन्द्र सरकारबीच पनि असमझदारी बढिरहेको छ । महानगरले बालुवाटारको फोहोर उठाउन रोकेको छ । काठमाडौंका मेयर बालेन शाहले विभिन्न १४ कारण देखाउँदै बालुवाटारको फोहोर उठाउन रोकेका छन् ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia