इटहरी । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यही वैशाख ७ गते लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले यसको दोष नलाग्ने जनाएको छ ।वैशाख कृष्ण औँसीका दिन वैशाख ७ गते लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले यसको दोष नेपालीलाई नलाग्ने र बार्नु पनि नपर्ने समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए । यस वर्ष वैशाख ७, असोज २७ र चैत २६ गते लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले तीन वटै सूर्यग्रहण बार्नु नपर्ने उनले बताए । तीन वटै सूर्यग्रहणको दोष नेपालीलाई लाग्दैन । कात्तिक ११ गते लाग्ने चन्द्रग्रहण भने नेपालबाट देखिन्छ । यसमा भने दोष लाग्ने भएकाले बार्नुपर्छ । वैशाख ७ गते लाग्ने सूर्यग्रहण चीन, मङ्गोलियालगायत देशबाट देखिने समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले बताए ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
पत्रकारमाथि राज्य आतंक र धरपकडविरुद्ध सुनसरीमा शान्तिपूर्ण धर्ना
इनरुवा, सुनसरी। पत्रकारमाथि राज्यले गरेको आतंक र धरपकडको विरोधमा नेपाल पत्रकार महासंघ सुनसरीले आज जिल्ला प्रशासन कार्याल...
प्रधानमन्त्री शाह र मोदीबीच नयाँ दिल्लीमा द्विपक्षीय वार्ता
प्रधानमन्त्री बालेन्द्र शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा द्विपक्षीय बैठक ...
प्रधानमन्त्री शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान
काठमाडौं – प्रधानमन्त्री कार्यालयबाट प्राप्त जानकारीअनुसार प्रधानमन्त्री बालेन्द्र शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोद...
१५औं राष्ट्रिय कर सप्ताहको अवसरमा इनरुवामा प्रभातफेरी तथा करसम्बन्धी अन्तरक्रिया
१५औं राष्ट्रिय कर सप्ताह (मंसिर १ देखि ७ गतेसम्म) को अवसरमा उद्योग वाणिज्य संघ इनरुवाले आन्तरिक राजस्व कार्यालय, इटहरी, ...
प्रधानमन्त्री बालेन शाह आज भारत प्रस्थान, नयाँदिल्ली सजियो
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को भारतको राजकीय भ्रमणलाई लक्षित गर्दै नयाँदिल्लीका विभिन्न क्षेत्र सजाइएका छन्। स्व...
पाठ्यपुस्तकबाहेक किताब किन्न बाध्य नपार्न निर्देशन
इनरुवा नगरपालिका, नगर कार्यपालिकाको कार्यालयको शिक्षा तथा खेलकुद शाखाले नगरभित्रका सबै संस्थागत विद्यालयहरूलाई परिपत्र ज...








