काठमाडौँ । नेपालको व्यापार घाटामा सुधार देखिएको छ । नेपालको व्यापार घाटा दुई खर्ब रुपैयाँ बढीले घटेको छ । आयातमा कमी आएपछि चालु आर्थिक वर्षको नौ महिनामा व्यापार घाटा पोहोरको तुलनामा दुई खर्ब २३ अर्ब रुपैयाँ अर्थात् १७ दशमलव छ प्रतिशतले घटेको हो ।
अघिल्लो आर्थिक वर्षको साउनदेखि चैतसम्म १३ खर्ब छ अर्ब रुपैयाँ व्यापार घाटा भएकोमा यो वर्ष १० खर्ब ८३ अर्ब रुपैयाँ घाटा भएको छ । यो वर्ष आयातमा पनि दुई खर्ब ६६ अर्ब रुपैयाँ अर्थात् १८ दशमलव आठ प्रतिशतले कमी आएको छ । नौं महिनामा १२ खर्ब एक अर्ब रुपैयाँको वस्तु तथा सेवा आयात भएको भन्सार विभागले जनाएको छ ।








