दशैंको दक्षिणाबाट प्राप्त रकमबाट सामुदायिक विधालयलाई आरभ कटुवालले कम्प्युटर प्रदान गरेका छन्। इनरुवा वडा नं ३ स्थित श्री देवकोटा आधारभुत विधालयलाई एक थान कम्प्युटर प्रदान गरेका छन। इनरुवा वडा नं १ घर भएका हाल काठमाडौं निवासी अधिवक्ता राजु कटुवाल एंव सुस्मिता दाहालका सुपुत्र आरभ कटुवाल कक्षा ९ मा अध्ययनरत छन्।

दशैमा जम्मा भएको दक्षिणा खर्च नगरि राखेको र यस्तै किसिमका परोपकारी कार्यमा खर्च गर्ने मानासाय पहिलादेखि नै बनाएको उनका काका रमेश कटुवालले इनरुवा अनलाईनलाई जानकारी दिएका हुन। निजी विधालय भन्दा सामुदायिक विधालयका विधार्थीहरुले विभिन्न किसिमका सेवासुविधा एवं गुनस्तरिय शिक्षाबाट वञ्चित हुनुपर्ने भएकोले आफ्नो तर्फबाट सानो पहल मात्र गर्न खोजेको आरभ कटुवालले बताउछन्। शैक्षिकसत्रको अन्तिममा भएको विदालाई पारिवारिक भेटघाटकालागि मुल घर इनरुवा आएको आरभले सो विधालयलाई कम्प्युटर प्रदान गरेका हुन्।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia