इनरुवा। कुशवाहा बुद्धिजिवि सेवा समाज सुनसरीले नव वर्ष २०८० सालको शुभकामना आदानप्रदान तथा बार्षिक कार्ययोजना सहितको कार्यक्रम सम्पन्न गरेको छ। सत्यनारायण मन्दिरमा एक कार्यक्रमको आयोजनामा कुशवाहा बुद्धिजीवी सेवा समाजको कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रमको प्रमुख अतिथि पुर्व राज्य मन्त्री एवम् सविधानसभा सदस्य माननीय सीता राम मेहताको ब्यानर बाचनबाट कार्यक्रम शुभारम्भ भएको थियो। कार्यक्रमा उदघोष राजेश कुमार मेहताले गरेका थिए। आयोजित कार्यक्रमा कुशवाहा वुद्धिजिवि समाज द्वारा नयाँ वर्ष २०८० काे शभकामना आदान प्रदान तथा वार्षिक कार्ययोजना सहितको कार्यक्रम पंचदेव मेहताकाे अध्यक्षता सम्पन्न भएका थिए । कार्यक्रमका विशिष्ट अतिथि नेपाल कुशवाहा कल्याण समाजका केन्द्रीय उपाध्यक्ष परमान्द मेहता, जिल्ला समन्वय समिति सुनसरी सभापति तथा जिसस नेपाल सभापति राजन मेहता, नेपाल कुशवाहा कल्याणका भुपु उप महासचिव सत्यनारायण मेहता, नेपाल कुशवाहा कल्याण समाजका सचिव विरेन्द्र कुमार मेहता, गाायक तथा कलाकार प्रकाश अनुराग लगायत पालिका सहितका कुशवाहा अगुवा एवं वुद्धिजिविहरुको सहभागीतामा कार्यक्रम सम्पन्न भएको थियो।










