इनरुवा। जिल्ला प्रहरी कार्यालय सुनसरीले सामुदायिक प्रहरी कार्यक्रम अन्तरगत बाल संरक्षण तथा सुरक्षित समाजका लागि भन्दै र्याली गरेको छ । बालबालिका विरुद्ध हुने हिसाँ विरुद्धको सचेतनाका लागि इनरुवामा र्याली निकालेको हो । बालबालिका बिरूद हुने अपराध तथा रोकथामका उपायहरू विषयक अन्तरकृया पनि ईनरूवाको गोल चोकमा र्याली निकालिएको थियो ।
बालबालिकामाथि हरेक ठाउँमा हिंसा हुनसक्ने भएकाले त्यस बारेमा सचेतनाका लागि र्याली निकालेको प्रहरीले जनाएको छ। बालबालिका, महिला सहित सरोकारबालाहरुको सहभागितामा र्याली निकालेको कार्यक्रममा सहभागी अधिकारकर्मी गंगाराम खत्वे जानकारी दिनुभयो । कार्यक्रममा बालबालिकाबिरुद्ध हुने हिंसा अन्तका लागि आवाज उठाउन र हातेमालो गर्न बालबालिका, बालसंरक्षणमा कार्यरत निकायहरु, अन्तर्राष्ट्रिय राष्ट्रिय गैससहरुमा आबद्ध अधिकारकर्मीहरु, कुटनीतिज्ञहरु, विभिन्न धार्मिक र राजनीतिक दलका प्रतिनिधिहरुको भुमिका आवश्यक रहेको चर्चा गरिएको थियो ।











