इटहरी ।  सुनसरीकाे कोशी गाउँपालिका–८ स्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले स्रोत नखुलेको रकमसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले ईटहरी उपमहानगरपालिका १२ बस्ने १८ वर्षीय सुरेश लिम्बु र १७ वर्षीय विकास मण्डललाई पक्राउ गरेको हो । उनीहरुको साथबाट ४ लाख ३४ हजार ७ सय २० नेपाली रुपैयाँ र ५९ हजार ६ सय १० भारतीय रुपैयाँ बरामद भएको छ ।


भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई प्रस्तावित सीमा सुरक्षा गुल्म हरिपुर (बिओपी हरिपुर) ले उल्लेखित रुपैयाँसहित नियन्त्रणमा लिइएको हो । नियन्त्रणमा लिइएकालाई बरामद रुपैयाँसहित आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय ईटहरीमा बुझाइएको सशस्त्रले जनाएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia