विराटनगर । विराटनगर महानगरपालिकाले वैशाख १५ गते शुक्रबारदेखि खुला रुपमा माछामासुको बिक्रीवितरण र वध गर्न रोक लगाउने भएको छ ।विराटनगरलाई सफा, सुन्दर र व्यवस्थित बनाउने महानगरको अभियानअन्तर्गत खुल्ला रुपमा माछामासुको बिक्रीवितरण र वध गर्न रोक लगाउन लागेको मेयर नागेश कोइरालाले बताउनुभयो ।अभियानलाई सफा बनाउन बिहीबार महानगरले सरोकारवालासित अन्तरक्रिया गरेको छ । विराटनगरमा सञ्चालित मासु व्यवसायीलाई बोलाएर महानगरले अन्तरक्रिया गरेको हो ।स्वच्छ मासु खान पाउने उपभोक्ताको अधिकार भएकाले मासु व्यवसायलाई व्यवस्थित गर्न लागिएको मेयर कोइरालाले बताए ।  मेयर कोइरालाले महानगर सरसफाई, कर संकलन, सडकबत्ती जडान, बिजुलीको पोलमा रंगरोगनसहित नम्बरिङ, पार्किङलगायतका अभियान सञ्चालन गरिरहेको जानकारी दिए ।उनले मानव स्वास्थ्य र महानगरको सौन्दर्यतामा असर पर्नेगरी जथाभावी सञ्चालित मासु व्यवसायलाई व्यवस्थित गर्ने अभियानमा सहयोग गर्न आग्रहसमेत गरे ।उपमेयर शिल्पा निराला कार्कीले अभियानलाई सफल बनाउन अनुगमनलाई समेत तीव्र पारिने बताइन् । उनले अस्वस्थ मासुको सेवनले विभिन्न रोग लाग्ने हुँदा उपभोक्ता स्वयम् जागरुक हुनुपर्नेमा जोड दिइन् । अन्तरक्रियामा महानगरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले एकैपटक नभए पनि क्रमैसँग माछामासु व्यवसायलाई व्यवस्थित गर्दै लगिने बताए ।

शुक्रबारदेखि हाटबजार र चोकहरूमा खुल्ला रुपमा मासु बिक्रीवितरण गर्न रोक लगाएको उनले जानकारी दिए । यसअघि हाटबजारमा खाट र टेवलमाथि राखेर खुल्ला रुपमा मासु बिक्री गर्ने गरिँदै आएको थियो । यस्तै भुइँमा समेत प्लाष्टिक ओछ्याएर मासु बिक्री गर्ने गरिएको छ । अबदेखि यसरी खुल्ला रुपमा माछामासु बिक्री गर्नेलाई मासु जाँच ऐन–२०५५ अनुसार कारबाही हुने महानगरको आर्थिक विकास समितिका संयोजक श्याम घिमिरेले बताए ।संघीय कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका वरिष्ठ पशु विकास अधिकृत डा. गंगाराम यादवले अस्वच्छ मासुको सेवनको असर तुरुन्तै र दीर्घकालीनसम्म रहने बताए । उनले बध गरेपछि कम्तीमा १२ घन्टासम्म फ्रिजमा राखेको मासु खानका लागि उपयुक्त हुने बताए । । त्यस्तै नेपाल सरकारका पूर्वसहसचिवसमेत रहेका मासु विज्ञ डा. बोधप्रसाद पराजुलीले पशु वधशाला र मासु जाँच ऐन २०५५ का विषयमा जानकारी गराएका थिए । ऐनविपरीत मासु बिक्री गर्नेलाई कडा कारबाही हुने व्यवस्था गरिएको उनको भनाइ थियो ।विराटनगरमा करिब ३ सय वटा मासु पसल सञ्चालनमा रहेको महानगरका पशुपंक्षी विकास शाखाका प्रमुख शुभनारायण यादवले जानकारी दिए । अन्तरिक्रयामा माछामासु व्यवसायीहरूले महानगरको अभियानमा सहयोग गर्ने प्रतिबद्धता जनाए । उनीहरूले दर्ता गरेर व्यवसाय सञ्चालन गरे पनि हाटबजार र चोकहरूमा दर्ता बिनै मासु बिक्री गर्दा आफूहरू समस्यामा परेको गुनासो पोखेका थिए ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia