इनरुवा । वैशाख १४ गते । जिल्ला प्रहरी कार्यालय सुनसरी र मातहतका प्रहरी एकाइहरूले एकैदिन २२ जना फरार व्यक्तिलाई पक्राउ गरेको छ ।अदालतबाट मुद्दा फैसला भएर फरारदेखि आपराधिक घटना गरेर लुकिछिपी बस्दै आएकाको बारेमा गोप्य सूचनाको आधारमा विशेष प्रहरी टोलीले पक्राउ गरेको हो ।विशेष रूपमा परिचालन गरिएको प्रहरीले विभिन्न मुद्दामा फरार रहेका २२ जना प्रतिवादीलाई एकसाथ पक्राउ गर्न सफल भएको प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक राजकुमार राईले जानकारी दिनुभयो । उहाँका अनुसार पक्राउ परेका प्रतिवादीहरूलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत सुनसरी पठाइएको छ ।उता जिल्ला प्रहरी कार्यालय सुनसरीले २०७९ साउन १ गतेदेखि हालसम्म ३३७ जना विभिन्न मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको जनाएको छ । प्रहरीको सक्रियता र नागरिकको जागरुकताले फरार व्यक्ति पक्राउ गर्न सफल भएको र अन्य फरार प्रतिवादीलाई पक्राउ गर्ने अभियान निरन्तर जारी रहेको प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता राईले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia