काठमाडौं । काठमाडौं सरस्वती नगरमा निरा पाण्डे (आचार्य) को हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका झापा धुलाबारीका विनोद बिकलाई प्रहरीले आइतबार काठमाडौं ल्याउँदैछ ।आइतबार बिकलाई काठमाडौं ल्याइसकेपछि घटनाको बारेमा विस्तृत रूपमा जानकारी दिने प्रहरीले बताएको हो ।काठमाडौंको एक रेटुरेन्टमा बाउन्सर भएर समेत काम गरेका बिकलाई प्रहरीले धुलाबारीबाट पक्राउ गरेको थियो । बिकलाई काठमाडौं ल्याउन उच्चस्तरीय छानविन समितिका दुई जना डिएसपीसहितको टोली झापा पुगेको थियो ।
प्रहरीले आचार्यको हत्याको अनुसन्धान गर्नका लागि एआईजी किरण बज्राचार्यको नेतृत्वमा समिति गठन समेत गरेको थियो । कपनको सरस्वतीनगरमा निरू किचनकी सञ्चालक आचार्यको यही वैशाख ७ गते दिउँसो पसलमै हत्या भएको थियो ।











