काठमाडौँ । नेपालले एसीसी प्रिमियर कप क्रिकेटको उपाधि जितेको छ । फाइनलमा नेपालले यूएईलाई ७ विकेटले हराउँदै उपाधि उचालेको हो। यो जितसँगै नेपाल सेप्टेम्बरमा पाकिस्तानले आयोजना गर्ने एसिया कपमा छनोट भएको छ ।फाइनल खेलमा युएईले घरेलु टोली नेपाललाई जितका लागि एक सय १८ रनको चुनौती दिएको थियो ।कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा युएईले ३३ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै एक सय १७ रनमा समेटिएकाे थियाे ।हिजो टस हारेर पहिले ब्याटिङ गरेको युएईले २७ दशमलव तीन ओभरमा नौ विकेट गुमाउँदै एक सय छ रन बनाएको थियो ।

खेल वर्षाका कारणले रोकिएपछि आज हिजोकै ओभरबाट खेल सुरु भएको हो ।जवाफी ब्याटिङमा आएको नेपालले ३०.३ ओभरमा ३ विकेट गुमाउँदै उक्त लक्ष्य भेट्टायो । झाले ८४ बलमा ६७ रन बनाए भने सार्कीले ७२ बलमा ३६ रन बनाए । यस्तै नेपालका कुशल भूर्तेल १, आसिफ शेख ८ र कप्तान रोहितकुमार पौडेल १ रनमा आउट भएका थिए । यूएईका रोहन मुस्ताफाले २ र आयन अफजल खानले १ विकेट लिएका थिए ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia