- जयकृष्ण यादव

इनरुवा। जिल्ला अस्पताल सुनसरीले पहिलो पटक आफ्नो सामाजिक परीक्षण कार्यक्रम सम्पन्न गरेको छ । अस्पतालले इनरुवा नगरपालिका स्थित आफ्नै सभा हलमा सामाजिक परीक्षण कार्यक्रमको प्रारम्भिक प्रतिवेदन प्रस्तुती कार्यक्रम सम्पन्न गरेको छ । अस्पतालले आर्थीक वर्षको अन्तमा अनिर्वाय रुपमा सामाजिक परीक्षण गर्नुपर्ने भएकाले कार्यक्रमको आयोजना गरीएको हो । सेवा प्रदायक निकाय वा संस्थाको नीति, नियम, कार्यक्रम कार्यान्वयन, व्यवहार, स्रोत परिचालन, अनियमितता, पारदर्शिता र प्रभावकारिताबारे सम्बन्धित सेवाग्राही, सेवाप्रदायक÷व्यवस्थापकीय पक्ष तथा सरोकारवालाहरुको धारणाका आधारमा गरिने विश्लेषणात्मक लेखाजोखा नैं सामाजिक परीक्षण भएकाले सरोकारबालाहरुको बीचमा कार्यक्रम गरेको हो ।अस्पतालको सेवा प्रवाह समुदायले महसुस गरेको उपलब्धि, अनुभव, बुझाई र दृष्टिकोण थाहा पाउन भनेर सामाजिक परीक्षण गरेको अस्पतालका प्रमुख डा. देवराज घिमिरेले जानकारी दिनुभयो ।

डाक्टर घिमिरेले आफू आएपछी स्वास्थ्य क्षेत्रमा निकै सुधार ल्याएको बताउनुभयो । सहभागी उद्योग बाणिज्य संघका सदस्य वीरेन्द्र कुमार साहले राम्रो कामको प्रशंशा गर्नुपर्ने र नराम्रो कामलाई सच्याउन दबाब दिनुपर्ने बताउनुभयो ।अस्पतालका व्यवस्थापक बालकुमारी तामांगले कार्यक्रम माथी प्रकाश पार्दै अस्पतालको हालसम्मको वस्तुस्थीती , निःशुल्क प्रसुती सेवा लिने आमाहरुको विवरण, अस्पतालबाट सेवा लिनेको संख्या, औषधी दाखिला र शुन्य मौजादतको अवस्था, खोप परिवार नियोजन र सुरक्षित मातृत्व, कर्मचारीको अवस्था,र संस्थाको आम्दानी खर्च आदी विषयमा सहभागीहरुलाई जानकारी दिनुभएको थियो । अस्पतालका प्रमुख डा देवराज घिमिरेको अध्यक्षमा सम्पन्न कार्यक्रमको सहजीकरण एवं संचालन सामाजिक परीक्षक रमेश भट्टराईले गर्नुभएको थियो । सम्पन्न सामाजिक परीक्षण प्रारम्भिक प्रतिवेदन प्रस्तुत कार्यक्रममा रामधुनी नगरपालिकाका प्रमुख शंकरलाल चौधरीले उतम कार्यक्रम गरेको बताउनुभयो । पहिलो पटक सामाजिक परीक्षण गरेर आफ्नो विवरण र प्रतिवेदन सार्वजनिक गर्दै नागरिक तथा सरोकारबालाहरुसंग पृष्टपोषण लिने काम गरेकोमा प्रसंसा गर्नुभयो । चौधरीले अस्पतालको स्तर अझै बढाउन सुझाव दिनुभयो ।

कोशी गाउँपालिकाका उपाध्यक्ष अनितादेवी यादवले अस्पतालको सेवा लिएर फर्केका सेवाग्राहीसगँको अन्रवार्ताको प्रतिवेदन उपयोगी लागेको बताउनुभयो । उहाँले आएको सुझावलाई सुधार गर्दै लान र बजेट स्थानीय तहसंग माग गर्न सुझाव दिनुभयो । जिल्ला समन्वय समिति उपप्रमुख कमला खतिवडाले जिल्ला अस्पताल नजिक भएर ७० प्रतिशत, सेवाको गणुस्तर राम्रो भएर १८ प्रतिशत, स्वास्थ्यकर्मी र चिकित्सकको व्यवहार राम्रो भएर ४ प्रतिशत तथा अरु कुनै विकल्प नभएर ८ प्रतिशत सेवाग्राही आउने गरेको प्रतिवेनले औल्याएकोमा त्यसमा थप सुधार गर्दै अगाडि बढुनुपर्ने बताउनुभयो । खतिवडाले अस्पतालमा अझ सधुार गर्न निशुल्क औषधी र विमाका औषधी नियमित व्यवस्था गर्नुपर्ने, स्वास्थ्यकर्मीहरुको ब्यावहार सुधार गर्नुपर्नेे, समग्रमा नियमित सरसफाई गर्नुपर्ने सुझाव दिनुभयो । जनता समाजवादी पार्टीका नेता दिलिपचन्द साहुले अस्पतालको सुधार योजना, संस्थासँग सम्बन्धित अभिलेखहरु र अन्य दस्तावेजहरुका आधारमा गरिने सम्पूर्ण गतिविधिहरुको गुणात्मक र परिमाणात्मक परीक्षण सामाजिक परीक्षण भएको बताउनुभयो । अर्का सहभागी विनिता दाहालले जिल्ला अस्पातलका प्रमुख डाक्टर देवराज घिमिरेको आगवनपछि अस्पतालमा नियमित सेवामा सकारात्मक प्रभाव परेको बताउनुभयो । अस्पतालमा दक्ष चिकित्सक र आवश्यक उपकरणहरुको व्यवस्थापन पछि अहिले वर्षेनि सेवाग्राही र प्रसुति सेवा लिनेको संख्या बढ्दो रहेको उहाँको भनाई छ । स्वास्थ्य कार्यालयका राजकुमार मेहताले नियमित बस्ने रेडियोजोजिष्टको व्यवस्था ल्यावमा गर्नुपर्ने र सेवा छिटोछरितो बनाउनुपर्ने सुझाव दिनुभयो । अर्का सहभागी रुद्र नारायण चौधरीले स्वास्थ्य र अस्पताल जस्तो क्षेत्रमा सरसफाईको कमि देखिएकाले त्यसमा सुधारको खाचो औल्याउनुभयो । सहभागी उद्योग बाणिज्य संघका उपाध्यक्ष गिरिराज अटलले अस्पतालको बेरुजु बढेकोले त्यसलाई घटाउन र सुशासनमैत्री काम गर्न आग्रह गर्नुभयो । पत्रकार राजेन्द्र पोखरेलले ५० सैयाको अस्पातल भएपनि सो अनुसारको दरबन्दी र संरचनाको विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia