काठमाडौँ । नेकपा एमालेका सांसद वासुदेव घिमिरेले आगामी बजेटमा लोकल रक्सी र गाँजाखेतीलाई प्रर्वद्धन गर्नेगरी बजेट ल्याउन आग्रह गरेका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा आगामी बजेट तयारीबारेको छलफलमा बोल्दै सांसद घिमिरेले सो आग्रह गरेका हुन् । विनियोजन विधेयक २०८० को सिद्धान्त र प्राथमिकताको विषयमा भइरहेको छलफलमा सहभागी जनाउँदै सांसद घिमिरेले आगामी आर्थिक वर्षका लागि यथार्थ, वस्तुपरक र वैज्ञानिक खालको नीति तथा कार्यक्रम र बजेट ल्याउन आग्रह गरे ।मुलुक आर्थिक संकटको अवस्थामा रहेको बेला कस्तो बजेट ल्याउनुपर्छ भन्ने विषयमा बहस केन्द्रीत गर्न आवश्यक रहेको बताए । उनले भने– ‘मुलुकलाई आर्थिक संकटबाट जोगाउन आयातमुखी नीति र भन्सारका दर रेटलाई बदलेर उत्पादनशील क्षेत्रलाई प्रोत्साहन गरी आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रमका लागि बजेट ल्याउनुपर्ने बताए ।मुलुकमा आम जनता आर्थिक मन्दीको सिकार भइरहँदा केही मुठ्ठीभर ब्यापारी घरानाको सम्पत्ति अस्वभाविक रुपमा बढ्दै जानुको कारण नीतिगत विचलनका माध्यमबाट दलाल नोकरशाही पुँजीवादको विकास हुँदै जानु हो । यसकारण आगामी आर्थिक वर्षको बजेट उत्पादनशील क्षेत्रलाई समेटेर ल्याइनुपर्दछ ।’उनले नेपालको वातावरण, वन पैदावरबाट आर्थिक समृद्धि हासिल गर्ने क्षेत्र रहेको उनले बताए । उनले विदेशी मदिराको आयातमा रोक लगाई स्वदेशी मदिरालाई ब्रान्डिङ गरी विदेशी बजारमा पुर्याउनेगरी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याउन आग्रह गरेका छन् ।उनले गाँजा खेतीलाई प्रोत्साहन गर्ने बजेट ल्याउन पनि आग्रह गरे । उनले भने– ‘विश्वका कतिपय मुलुकले अभ्यास थालिसकेको गाँज खेतीलाई वैधानिकता दिने काम गरेका छन्, नेपालमा पनि त्यसको सुरुवात हुन आवश्यक छ ।’ सांसद घिमिरेले पूर्व विशिष्ट पदाधिकारीलाई दिइँदै आएको सुविधा रोक्नका लागि पनि आग्रह गरे ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia