काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा थप दुई जना पक्राउ परेका छन् । प्रहरीले उनीहरूलाई काठमाडौंको शंखमुलबाट पक्राउ गरिएको जनाएको छ ।
पक्राउ पर्नेमा टोखाका रामशरण केसी र मोरङका गोविन्द चौधरी रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी रविन्द्र रेग्मीले जानकारी दिएका छन् ।
प्रहरीले यस प्रकरणमा पूर्व गृहसचिव टेकनारायण पाण्डेसहित सात जनालाई पक्राउ गरिसकेको छ । पक्राउ पर्नेमा पूर्व गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, टंककुमार गुरूङ र एमाले सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी छन् ।








