काठमाडौँ । नक्कली शरणार्थी प्रकरणमा मुछिएपछि फरार नेकपा सचिव टोपबहादुर रायमाझीले आफू बिरामी भएको भन्दै संसद सचिवालयलाई पत्र पठाएका छन् ।

संसद सचिवालय स्रोतका अनुसार उनले आफू बिरामी भएर उपचाररत रहेको भन्दै पत्र पठाएका हुन् । ‘पत्र आएको सुनेका छौँ, तर कुन माध्यमबाट पठाएको बुझ्दैछौ, ईमेलबाट पठाएको हुन सक्छ’, संसद् सचिवालयका एक अधिकारीले भने, ‘पत्रमा बिरामी भएर उपचारका क्रममा रहेको व्यहोरा रहेको बुझिएको छ ।’

टोपबहादुर मंसिर ४ को निर्वाचनमा अर्घाखाँचीबाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए । यसैबीच प्रहरीले अदालतबाट पक्राउ पुर्जी जारी गराएपछि गत वैशाख २० गतेदेखि सम्पर्कमा नरहेका उनलाई एमालेले आज नै निलम्बन गरेको छ ।यो प्रकरणको अनुसन्धान नसकिएसम्म एमालेको जिम्मेवारीबाट रायमाझीलाई निलम्बन गरिएको जानकारी महासचिव शंकर पोखरेलले दिएका छन् ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia