काठमाडौँ । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज (बिहीबार) पनि बस्दैछ । पार्टी नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेपछि उत्पन्न परिस्थितिबारेमा छलफल गर्नका लागि आज पनि बैठक बस्न लागेको हो ।हिजो बसेको बैठकमा खाँणका बारेमा प्रारम्भिक छलफल भए पनि उनीमाथि प्रहरी अनुसन्धान जारी रहेको र सो अनुसन्धान परिपक्व नभएको भन्दै कुनै निर्णय गरिएको थिएन । बुधबार बसेको कांग्रेस पदाधिकारीको बैठकमा पूर्व पदाधिकारीमा प्रकाशमान सिंह मात्र सहभागी थिए । बैठकमा नक्कली शरणार्थी प्रकरणलगायत विषयमा छलफल हुनेछ ।बुधबारको बैठकमा दुई महामन्त्रीले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका केन्द्रीय सदस्य बालकृष्ण खाँणलाई निलम्बन गर्न प्रस्ताव गरेका थिए । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले खाँणलाई निलम्बन गरेर अनुसन्धानमा सहयोग गर्न प्रस्ताव गरेका हुन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा पार्टीले अनुसन्धानमा सहयोग गर्न उनलाई निलम्बन गर्नुपर्ने महामन्त्री थापा र शर्माको तर्क थियो ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia