इटहरी । बन कायार्लयले चालक सहित सवारी साधन नियन्त्रणमा लिएको घटनालाइ मुख्य बिषय बनाउदै इटहरी उपमहानगरले शनीबार आपतकालिन कार्यपालिका बैठक सम्पन्न गरेको छ । उपमहानगरको कार्यवाहक मेयर दिवश पोख्रेलको अध्यक्षतामा बसेको बैठकले बन कार्यालयको नियन्त्रणमा रहेका सवारी साधन र चालकहरूलाइ बिना सर्त रिहाइको माग गरिएको छ ।सम्बन्धित निकाय संग समन्वय नै नगरी नियम बिपरित नदीजन्य पदार्थ उत्खनन् गरेको भन्दै जिल्ला बन कार्यालय सुनसरीले शुक्रबार ५ जना चालक सहित ५ वटा टिपर नियन्त्रणमा लिएको थियो । सोहि विषयमा केन्द्रित भइ उपमहानगरले शनीबार बिहान आपतकालिन बैठक डाकेको हो ।बैठकमा कार्यापालिका सदस्यहरूले घटनाको घोर भत्सर्ना गर्दै बन कार्यालयले नियन्त्रणमा लिएको सवारी साधन र चालकहरूलाइ बिना सर्त रिहाइको माग गरेका छन । बैठकमा कार्यवाहक मेयर दिवश पोख्रेलले आफ्नो क्षेत्रको खोलाबाट गिटि , बालुवा निकाल्ने यस अघिनै कार्यपालिकाबाट पास गरी नियम पुर्वक काम गरिरहेको बेला बन कार्यालयबाट धर पक्कड भएको बताए ।उनले डुबान क्षेत्रबाट जनताले माग गरे बमोजिम वडाहरूमा बिकास निर्माणको कामकालागि आवस्यकिय गिटी बालुवा निकाल्ने काम गरिरहदा बन कार्यालय तगारो बनेको पनि बताए ।

बैठकमा कार्यपालिका सदस्यहरू माधव कोइराला , तारादेवि ढकाल , प्रभात आचार्य , भिमा तुम्हाम्फे , भुवन पोख्रेल लगायत अन्यले बन कार्यालयको निन्दा गर्दै नियनत्रणमा रहेका चालक र सवारी यथाशिघ्र छाडन माग गरेका छन । २४ घण्टा भित्र माग सम्बोधन नभए उपमहानगर मात्र नभइ सिंगो नगरवासी बन कार्यालय बिरूद्ध आन्दोलनमा उत्रने चेतावनी दिएका छन । घटनाबारे कोशी प्रदेश सरकार , संघिय सरकार र मातहतका कार्यालयहरूमा पनि जानकारी गराइसकेको तर कतैबाट कुनै सुनुवाइ नै नभएको कार्यपालिका सदस्यहरूले बताएका छन ।यता खोला उत्खनन तत्काल रोक्न पटक पटक अनुरोध गर्दा पनि उपमहानगरले अटेर गरेपछि प्रसाशनको सहयोगमा ट्रिपर र चालकलाइ नियन्त्रणमा लिइएको डिभिजन बन कार्यालय सुनसरीका अधिकृत धर्मनाथ शाहले जानकारी दिए ।










