- सुरेन्द्र मेहता

इनरुवा। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा नेपाल रेडक्रस सोसाइटी सुनसरी जिल्ला शाखाले ८ दिने विपद व्यवस्थापनमा आधारित आधारभुत प्राथमिक स्वास्थ उपचार प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। गाउँपालिकाको ८ वटै वडामा विपद व्यवस्थापन सम्बन्धि कार्यक्रमको प्रशिक्षण दिदै मंगलबार गाउँपालिकाको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो।

विपदको समयमा प्राथमिक स्वास्थय उपचार नपाएर कसैको मृत्यु नहोस् भनी कार्यक्रमको मुल लक्ष्य रहेको थियो। विपद व्यवस्थापन कार्यक्रम नेपाल रेडक्रस सोसाइटी सुनसरी जिल्ला शाखाले गरेको थियो भने आयोजक भोक्राहा नरसिंह गाउँपालिका रहेको थियो।

भोक्राहा नरसिंह गाउँपालिका अध्यक्ष अजमल अख्तर आजादको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियो। त्यसैगरि सुनसरी जिल्ला अधिकारी हुमकला पाण्डे प्रमुख आतिथि रहेको उक्त कार्यक्रममा प्रमुख आतिथि पाण्डेले सहभागीहरुलाई तालिममा सिकेका कुराहरु व्यवाहारमा उतार्नु पर्ने बताउदै धन्यवाद ज्ञापन गर्नु भएको थियो।


कार्यक्रमा नेपाल रेड्क्रस सोसाइटी सुनसरी जिल्ला अध्यक्ष उमेश थापा, नेपाल रेडक्रस सोसाइटी भोक्राहा नरसिंह उपशाखाका अध्यक्ष युवराज दहाल, पालिका उपाध्यक्ष सुनिता उराँव, भोक्राहा नरसिंह गाउँपालिका प्रमुख प्रसासकिय अधिकृत सुवर्ण घिमिरे, भोक्राहा नरसिंह रेडक्रस शाखाका पवन कुमार मेहता, राम कुमार मेहता, भोक्राहा नरसिंह कार्यपालिका सदस्य धर्म नाथ भगत, स्वास्थ शाखाका हिरा लाल साह, विपद व्यवस्थापन प्रशिक्षण कार्यक्रमका प्रशिक्षक लगायत तालिममा सहभागीहरुको उपस्थिति रहेको थियो।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia