इनरुवा। इनरुवा नगरपालिका क्षेत्र भित्रका सामुदायिक विद्यालयको स्थलगत अनुगमन तथा निरीक्षण अभियान दुई महिनादेखी जारी रहेको विद्यालय व्यवस्थापन समिति महासंघले जनाएको छ । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि अनुगमन अभियान बैशाखको पहिलो साताबाट सुरु गरेकोमा सोमबार थप दुई विद्यलायमा अनुगमन गरेको छ । नगरपालिका अन्तर्गतका ३० सामुदायिक विद्यालयहरुको विद्यालय व्यवस्थापन समिति महासंघका इनरुवा अध्यक्ष जयकृष्ण यादवका अनुसार नगरका विद्यालयको भौतिक अवस्था, जनशक्ति व्यवस्थापन, पठनपाठन, विद्यार्थीको उपस्थिति, खाजा कार्यक्रम, बुक कर्नर, एसआईपी, सामाजिक परीक्षण, शिक्षकको कक्षाकोठामा प्रस्तुतिकरण लगायत अन्य सबाल र समस्याको पहिचान गर्न अनुगमन चलिरहेको छ । यादवले बैशाखको पहिलो हप्तादेखि सुरु गरिएको अनुगमन तथा निरीक्षण अभियानले नगरभित्रका ३० वटा विद्यालय मध्ये हालसम्म २६ वटा विद्यालयको स्थलगत अनुगमन गरेको जानकारी दिनुभयो । बाँकी विद्यलायको निरीक्षण तथा अनुगमन पनि जारी रहेको यादवको भनाई छ । सोमबार गरिएको विद्यालय अनुगमन तथा निरीक्षणमा गैरसरकारी संस्था महासंघका सुनसरी अध्यक्ष मेघराज न्यौपाने, शैक्षिक सुधार अभियान इनरुवा नगरपालिका समितिका संयोजक दिलिपचन्द साहु र जिल्ला स्थित पत्रकारहरु सहितको सहभागिता रहेको थियो ।

टोलीले इनरुवा ९ को शिशु निकेतन आधारभुत विद्यालय र शहिद श्यामसुन्दर आधारभुत विद्यलायको गरिएको टोलीमा सहभागी समाजसेवी सत्य नारायण मण्डलले जानकारी दिनुभयो । नगरपालिकामा रहेका सामुदायिक विद्यालय सञ्चालनमा एकरुपता नरहेको, कक्षा ५ मुनीका विधार्थी निकै कम्जोर रहेको, विध्यार्थी संख्या रजिस्टरमा भन्दा उपस्थिती न्यून रहेको, कक्षामा लठीको प्रयोग भएको, भौतिक पूर्वाधार कम्जोर रहेको, घेराबेरा नभएको, समयको पालनामा ख्याल नगरेको, नगरपालिकाका जनप्रतिनिधिहरु, कर्मचारी तथा शिक्षा शाखा र समितिले विद्यालयको पाँच वर्षदेखी कुनै पनि स्थलगत अनुगमन तथा निरीक्षण नगरेको अवस्था पाइएको छ। नगरपालिकाभित्र सञ्चालनमा रहेका सामुदायिक विद्यालयको शैक्षिक एवं भौतिक अवस्था सुधारका लागि ठोस योजना तर्जुमा निर्माण गर्न टेवा पुग्ने अपेक्षा सहित महासंघले अनुमगनलाई सघन बनाएको जनाएको छ । विद्यालय अनुगमन तथा निरीक्षणमा गैरसरकारी संस्था महासंघ, शैक्षिक सुधार अभियान इनरुवा नगरपालिका समिति र नागरिक समाजका प्रतिनिधिहरुको पनि सहभागिता रहने गरेको छ ।










