इनरुवामा स्वरोजगारी मुलक कम्प्युटर हार्डवेयर तालिम आज देखि संचालनमा आएको छ। नेपाल दुरसंचार प्राधिकरणको आर्थीक तथा गौर बहुप्राविधिक शिक्षालय गौर, रौतहटको प्रावधिक सहयोगमा संचालन भएको हो। सुनसरी सदरमुकाम इनरुवामा उक्त तालिम कार्यक्रम २०८०।०२।०५ गते शुक्रबार देखि संचालनमा आएको हो। इनरुवाको सिटिईभिटि सम्बन्धन प्राप्त एन. एस. कलेज अफ सफ्टवेयर एण्ड हार्डवेयर इन्जिनियरिंग प्रा. लि. नामक तालिम केन्द्रमा कुल ९६ घण्टा (२ हप्ता) सम्म तालिम संचालन हुने गौर प्राविधिक शिक्षालयका लेखापाल उमेश कुमार पंडितले जानकारी दिनुभएको हो।

जम्मा २० जना सहभागी हुने उक्त कार्यक्रममा कम्प्युटर हार्डवेयर तथा नेटवर्किंग सम्बन्धि ज्ञान र सीप सिकाईने छ। गौर बहुप्राविधिक शिक्षालयका शिक्षालय प्रमुख टेकराज पोखरेलको प्रमुख आतिथित्यतामा उदघाटन कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा संस्था प्रमुख बिरेन्द्र शाह, उत्तरपानी बहुप्राविधिक धनकुटाका प्रविन नेपाल, प्रशिक्षक मनोज भण्डारी एवं प्रशिक्षार्थीहरुको समेत उपस्तिथि रहेको थियो।











