इनरुवा। खुसी किसान देवानगञ्जको पहिचान मुल नाराका साथ सुनसरीको सीमावर्ती देवानगञ्ज गाउँपालिकामा कृषि विधुतिकरण योजनाको सुरूवात गरिएको छ । देशकै गरौबको योजनाको रुपमा कृषि विधुतिकरण योजनाको कोशी प्रदेशका खानेपानी, सिंचाई तथा ऊर्जा मन्त्री तिलकुमार मेन्याङ्बो लिम्वुले शिलान्यास गर्नुभएको छ ।सिलान्यास कार्यक्रममा मन्त्री लिम्बुले कृषिमा तरकारीको उर्वर क्षेत्र देवनागञ्जमा पालिका र प्राधिकरणको १० करोड रुपियाँको लाग्तमा कृषि विधुतिकरणको शिलान्यास गर्न पाउदाँ खुसी लागेको बताउनुहुदै समयमा काम सक्न आग्रह गर्नुभयो । मन्त्री लिम्बुका अनुसार देवानगञ्ज गाउँपालिकाले कोशी प्रदेशमा मात्रै नभई नेपालमै पहिलो पटक ठूलो योजनाको रुपमा कृषि विधुतिकरणको योजना शिालान्यास गरिएको हो । देवानगञ्ज गाउँपालिकाका अध्यक्ष बेचन प्रसाद मेहताको विशेष पहलमा नेपाल विधुत प्राधिकरण इनरूवा वितरण केन्द्रका प्रमुख अभिनव झाको सहकार्यमा गौरबसाली योजनाको रुपमा सिलान्यास भएको स्थानीय विवेक मेहताले जानकारी दिनुभयो । कृषि र सिचाईमा देवानगञ्ज गाउँपालिकाले छुट्टै पहिचान स्थापित गर्नका लागि कृषि विधुतिकरण योजनाको सुरूवात गरिएको जनाएको छ ।

सडक क्षेत्रमा मात्रै नभई कृषि उत्पादन हुने क्षेत्रमा विधुतिकरण विस्तार गरेर गाउँपालिकाको समन्वयमा कृषि मिटर वितरण गर्ने जनाएको छ । नेपाल विद्युत प्राधिकरण इनरुवा वितरण केन्द्र कार्यालयका प्रमुख अभिनभ झाले गाउँपालिकाको पहलमा काम सुरु भएकोले त्यसलाई सार्थक पार्नुपर्ने जारुरी रहेको बताउनुभयो । विद्युत चुहाबट अन्त्य गर्न विद्युत महसुल गाउँपालिकाले नै तिरिदिने भएपछि कृषिमा किसानको उत्साह बढ्ने दावी गरिएको छ ।किसानहरुका बीचमा विधुतिकरणको अभियान सुरु गरिएको देवानगञ्ज गाउँपालिकाका अध्यक्ष बेचन प्रसाद मेहताले जानकारी दिनुभयो । उहाँले किसानलाई कृषि मिटर वितरण गर्ने र गाउँपालिकाले विद्युत चुहावट मुक्त गर्ने बताउनुभयो । प्रत्येक १० विघामा एक । एक विघामा विद्युत मोटर निशुल्क राख्ने, बालुवा भएको क्षेत्रमा प्रत्येक ५ विघामा एक । एक विघामा विद्युत मोटर निशुल्क राख्ने बताउनुभयो । गाउँपालिका र प्राधिकरणको संयुक्त लगानीमा गाउँपालिकाका किसानलाई लाभ पुग्ने गरि काम सुरु गरेको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र इनरुवाका प्रमुख अभिनव झाले जानकारी दिनुभयो ।किसानहरूको सुविधाको लागि विधुतीकरण गर्ने योजनाको शिलान्यास देवानगञ्जमा गर्न पाउदाँ खुसी लागेको कोशी प्रदेश सभा सदस्य रामप्रसाद मेहताले जानकारी दिनुभएको छ । महेताले नहर भएर पनि पानी नपुगेको सीमावर्ती क्षेत्रका किसानलाई कृषि विधुतीकरण प्रभावकारी हुने बताउनुभयो । शिलान्यास कार्यक्रममा सम्बोधन गर्नुहुदै देवानगञ्ज गाउँपालिका अध्यक्ष बेचनप्रसाद मेहताले योजनाको पहिलो चरणमा १० करोडको योजना आफूहरुको वडा नंम्बर २, ३, ४, र ५ मा सञ्चालन गरिने भएको जानकारी दिनुभयो । उहाँले दोस्रो चरणमा १३ करोडको योजना वडा नं. १, ६ र ७ मा संचालन गरी पालिकालाई पूर्ण रुपमा विधुतीकरण गर्ने गरी तयारी गरिएको जानकारी दिनुभयो ।
किसान नन्दन मेहताले गाउँको प्रत्येक ५।१० विघामा एक । एक विघामा विद्युत मोटर निशुल्क राख्ने, खेतमै कृषि मिटर जडान गर्ने गरी प्राविधिकरणले किसानको खेतखेतमै पुगेर कृषि मिटर जडान गर्ने भएकाले किसानहरु खुसी भएको बताउनुभयो ।देवानगञ्ज गाउँपालिकाको पाचँ करोड र नेपाल विधुत प्राधिकरणको पाँच करोड रुपियाँ लागानि सहित १० करोड लगानिमा काम सुरू भएको छ । सिलान्यास कार्यक्रममा प्रदेश सभा सदस्य रामप्रसाद मेहता, विधुत प्राधिकरण कोशि प्रदेश प्रमुख उमेश झा, इनरूवा वितरण केन्द्रका प्रमुख अभिनव झा, देवानगञ्ज ३ नम्बर वडा अध्यक्ष अनिल भगत, २ का वडा अध्यक्ष जगनरायण मेहता, ६ का वडा अध्यक्ष हरिन्दन मेहता, ४ वडा अध्यक्ष सुशील मेहता, ५ का वडा अध्यक्ष मनोज मण्डल, कार्यपालिका सदस्य मनोज भगत लागयतको उपस्थिती रहेको थियो । गाउँपालिका अध्यक्ष बेचन प्रसाद मेहताले गाउँपालिका कृषिमा अधारित पालिका भएकोले गाउँपालिकाको किसान सम्पन्न, समृद्ध र खुशिभएपछि मात्र यहाँको स्थानियहरू सुखि र खुशि हुने बताउनुभयो । कृषिमा आधुनिकिकरण गरि गाउँपालिकालाई नोपल कै नमुना गाउँपालिका बनाउने योजनामा रहको मेहताले बताउनुभयो । कृषि विधुतिकरण योजना नेपालमै पहिलो भएकोले किसानहरूको सिचाईको समस्या सामाधान हुने इनरूवा वितरण केन्द्रका प्रमुख झाले बताउनुभयो ।










