इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा निशुल्क स्वास्थय विमा कार्ड वितरण भएको छ। गाउँपालिकाले तेस्रोपटक अति गरिव तथा विपन्न परिवारलाई सो विमा कार्ड वितरण गरिएको हो। विहिवार गाउँपालिकाको सभा हलमा एक कार्यक्रमका बिच विमा कार्ड वितरण गरेको हो।

स्थानीय निर्वाचनको समयमा भोक्राहा नरसिंह नेपाली काङ्ग्रेसका उमेदवारले ४ सय जना घरपरिवारको निशुल्क स्वास्थय विमा गर्ने प्रतिबद्धता अनुसार गाउँपालिकाले पहिलोपटक वडा नम्बर ३ का ५० जना घरपरिवार, दोस्रोपटकमा वडा नम्बर २ र ४ का १५० जना घरपरिवार। तेस्रो पटकमा १५० जना गरि जम्मा ३ सय ५० जना घरपरिवारका सदस्यहरुलाई निशुल्क स्वास्थय विमा कार्ड वितरण गरिएको गाउँपालिका स्वास्थय संयोजक असफाक आलमले जानकारी दिनु भएको छ भने बाकी रहेका ५० जना घरपरिवारलाई असारमाको दोस्रो हप्तामा वितरण गर्ने स्वास्थ विमा संयोजक आलमले बताए ।

भोक्रहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल अख्तर आजादले स्वास्थय उपचार हुनबाट कोइ पनि बन्चित नहोस्। कसैको उपचार नभर अकालमा मृत्यु हुनु हुदैन। भन्ने नै हाम्रो मुख्य उदेश्य रहेको छ र साथै हाम्रो भोक्राहा नरसिंह गाउँपालिकाले स्वास्थय, शिक्षा र कृषिलाई पहिलो प्राथमिकतामा राखेको अध्यक्ष आजादले बताउनु भयो। कार्यक्रममा भोक्राहा नरसिंह गाउँपालिका प्रमुख प्रसासकिय अधिकृत सुवर्ण घिमिरे, उपाध्यक्ष सुनिता उराँव, वडा नम्बर २ का वडा अध्यक्ष आलम अन्सारी, वडा नम्बर ८ का वडा अध्यक्ष उसमान अन्सारी, स्वास्थय शाखाका हिरा लाल साह लगायत स्वास्थय विमितहरुको उपस्थिति रहेकोे थियो।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia