- सुरेन्द्र मेहता

भोक्राहा। रामधुनी सामुदायिक वन उपभोक्ता समुहको छैठाै साधारणसभा सम्पन्न भएको छ । भोक्राहा नरसिंह वडा नम्बर १ स्थित रहेको सिंहवाहिनी वन उपभोक्त कार्यालयको प्राङ्गणमा साधारणसभा सम्पन्न भएको हो।

आयोजित साधारणसभा कार्यक्रममा वन समुहको कोषाध्यक्ष लक्ष्मि मेहताले आयवय विवरण प्रस्तुत गर्नु भएको थियो ।कार्यक्रम हिरा लाल मेहताको अध्यक्षतामा सुरु भएको थियो भने प्रमुख अतिथि भोक्राहा नरसिंह गाउँपालिका अध्यक्ष अजमल अख्तर आजदले व्यानर वाचन गरेर कार्यक्रमको उदघाटन गर्नु भएको थियो ।

साहायक वन अधिकृत श्याम महतोले आफ्नो मन्तव्यमा वन जङ्गलमा भएका सम्पुर्ण जीव जनावरहरुको संरक्षण गर्नु नै हाम्रो कर्तव्य हो भनि धारणा व्यक्त गर्नु भएको थियो। कार्यक्रमा आतिथ्यमा भोक्राहा नरसिंह १ का वडा अध्यक्ष लक्ष्मण मेहता, भोक्राहा नरसिंह नेपाली काङ्ग्रेस युवराज दाहाल, नेकपा एकीकृतका चन्दन मेहता, राप्रपाका सालिग्राम कोइराला , वडा सदस्य अकलु मेहता, अमजद मिया, सरिता उराँव , राम कुमार मेहता, उमेश कुमार मेहता, शिव नारायण मेहता लगायत रामधुनी वन उपभोक्ता सदस्यहरुको उपस्तिथिमा कार्यक्रम सम्पन्न भएको थियो।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia