- सुरेन्द्र मेहता

भोक्राहा। सुनसरीको भोक्राहा नरसिंह २ अन्तर्गत रहेको श्री पशुपती शिक्षा मन्दिर आधारभुत विद्यालयमा अध्ययनरत कक्षा १ देखि ५ सम्मका बिद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिएको छ ।

वडा प्रतिनिधि, अभिभावक तथा शिक्षकहरुको उपस्थितिमा शुक्रबार छात्रवृत्ति वितरण गरिएको हो। विद्यालयमा अध्यनरत ५७ जना विद्यार्थिलाई दलित छात्र छात्राहरुलाई रु चार सयका दरले वितरण गरिएको थियोे ।

त्यसै गरि छात्रा सतप्रतिसत अन्तर्गत १३ जना विद्यार्थिहरुलाई रु चार सयका दरले छात्रवृत्ति वितरण गरिएको थियो भने एक जना सिमान्तकृत छात्रालाई रु पाँच सय गरि जम्मा ७१ जना अध्यनरत विद्यार्थिहरुलाई छात्रवृत्ति वितरण गरिएको विद्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia